मचिन्द्र लिङ्थेप स्मृति फुटबलको उपाधि रेडस्टारलाई

4 years ago Editor 0

नेपाल, मोरङ
१२ जनवरी /

 

15

 

मोरङको उर्लाबारीमा भएको चौथो मचिन्द्र लिङथेप स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा पूर्वबिजेता ग्लोवल एजुकेशनल एकाडेमी, दमकलाई हराउँदै रेडस्टार उच्च मावि पथरीले उपाधि हात पारेको छ ।

उसले पूर्वबिजेता ग्लोवल एडुकेशन एकाडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको १५ औं मिनेटमा ग्लोवलका निश्चल शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाए । गोललाइनमा रहेको गोललाई रेफ्रीले गोल दिएको भन्दै रेडस्टारका प्रशिक्षकहरुले आपत्ति जनाए पनि रेफ्रीले गोलको मान्यता दिए ।

त्यसपछि आक्रमक रुपमा देखिएको रेडस्टारका लालबहादुर लावतीले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । रेडस्टार बराबरीमा मात्र रोकिएन दोस्रो हाफको २५ औं मिनेटमा सन्जोक राईले गोल थप्दै रेटस्टारलाई उपाधि दिलाए ।

उपाधिसँगै रेडस्टारले २५ हजार नगद, ट्रफ्री, मेडल र प्रमाणपत्र हात पार्याे भने उपबिजेता पूर्वबिजेता ग्लोवलले १५ हजारमा चित्त बुझायो । खेलको म्यान अफ दी म्याच रेडस्टारका सन्जोक राई भए । म्यान अफ दी सिरिज रेडस्टारकै मिन धिमाल भए । हाईस्कोर ग्लोवलका विक्रम लक्सम, राईजीङ खेलाडी रेडस्टारका असिम राई भए । त्यस्तै अनुशासित टिम राधिका उच्च मावि घोषित भयो ।

मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा ह्यापी गाईज उर्लाबारीको आयोजनामा पूर्व फुटबल खेलाडी मचिन्द्र लिङ्थेपको स्मृतिमा सो प्रतियोगिता गत पुस १९ गतेदेखि सञ्चालन भएको हो ।

समापन कार्यक्रममा पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष बानिया, जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, स्व.मचिन्द्र लिङ्थेपका बुवा गणेश लिङ्थेप लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गाईजका संयोजक मनोज तामाङको सभापतित्वमा भएको थियो ।