उपाधिको लागि ग्लोवल र रेडस्टार भिड्ने

4 years ago Editor 0

नेपाल, मोरङ
१० जनवरी /

 

15

मोरङको उर्लाबारीमा सञ्चालित चौथो मचिन्द्र लिङथेप स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको फाइनलमा साविक विजेता ग्लोबल एजुकेशनल एकाडेमी र पथरीको रेडस्टार उच्च मावि भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको अन्तिम सेमिफाइनल खेलमा मोडल कलेज दमकलाई १–० गोल अन्तरले पराजित गर्दै रेडस्टारले आफ्नो फाइनल यात्रा तय गरेको हो ।

रेडस्टारको जितको लागि एक मात्र निर्णायक गोल सितहाङ राईले गरे । पूरै खेल आक्रमक भए पनि रेडस्टारका सितहाङले दोस्रो हाफ सुरुवातमै गरेको गोल नै मोडलको लागि दूर्भाग्य सावित भयो । मोडल कलेजले पाएका अवसरहरु सदुप्रयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनु परेको हो । खेलको म्यान अफदी म्याच मोडलका उमेश रम्जाम भए ।

आइतबार ग्लोवल र रेडस्टार उपाधिका लागि भिड्दै छन् । प्रतियोगिताको साविक विजेता ग्लोवल फेरि उपाधिमा कब्जा जमाउने दाऊमा हुनेछ भने पहिलो पटक सहभागी रेडस्टार पनि उसलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न चाहान्छ ।

ग्लोवलले पहिलो सेमिफाइनलमा सतासीधामको राष्ट्रिय रमणीय उच्च माबिलाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा ह्यापी गाईज उर्लाबारीको आयोजनामा पूर्व फुटबल खेलाडी मचिन्द्र लिङ्थेपको स्मृतिमा सो प्रतियोगिता शुरुवात भएको हो । प्रतियोगिताको बिजेताले २५ हजार र उपबिजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।