आदिकविको द्विशतवार्षिकी मनाउन समिति गठन

5 years ago Editor 0

नेपाल, दमक
१० जनवरी /

 

Bhanu Bhakta Acharya, Art by Indra Khatri

 

राष्ट्रिय विभूति तथा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी भव्यताका साथ मनाउने तयारी स्वरुप नेपाल सरकारले ‘आादिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यकारी समिति’ गठन गरेको छ ।

स्वदेश तथा विदेशमा आदिकविको द्विशतवार्षिकी मनाउन सरकारले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा समिति गठन गरेको हो । कार्यकारी समितिका उपाध्यक्षमा श्रीमती इन्दिरा प्रसाई र प्रा.डा. महादेव अवस्थीलाई मनोनीत गरिएको छ ।

समितिका सदस्यहरुमा क्रमशः प्रा.डा.उषा ठाकुर, गणेश रसिक र श्रीओम श्रेष्ठ ‘रोदन’लाई चयन गरिएको छ भने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य र भानु जन्मस्थल विकास समितिका अध्यक्ष सदस्य रहने बताइएको छ । कार्यकारी समितिको सदस्य–सचिवमा मन्त्रालयका सहसचिव भरतमणि सुवेदी चयन भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सह–सचिव तथा प्रवक्ता मोहनकृष्ण सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार कार्यकारी समितिका अध्यक्ष घिमिरेकै अध्यक्षतामा ‘आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समिति समेत गठन गरिएको छ ।

मूल समितिमा भवानी क्षेत्री (मेची), विवश पोखरेल(कोशी), करुणा झा (सगरमाथा), डा. राजेन्द्र विमल (जनकपुर), प्रा.डा. अरुण सायमि र प्रा. डा. व्रतराज आचार्य (वागमती), भूपिन व्याकुल (नारायणी), सरुभक्त श्रेष्ठ (गण्डकी), प्रेम छोटा (धौलागिरि), बालकृष्ण भट्टराई (लुम्बिनी), गायत्री घर्ती मगर (राप्ती), श्रृजन लम्साल (भेरी), महाशंकर देवकोटा (कर्णाली), श्रेष्ठ प्रिया ‘पत्थर’ (सेती) र वासुदेव भट्ट ‘भाइसाहेव’ (महाकाली) लाई सदस्यमा मनोनीत गरिएको छ ।

Press ReleaseBhanuBhaktaAcharya

विज्ञप्तिमा जनाइए अनुसार विदेशमा रहेका नेपाली साहित्यकारहरु मध्येबाट डा. कविता लामा (भारत), टङ्क सुब्बा (चीन), गीता खत्री (अमेरिका), सुरेशजङ्ग शाह (वेलायत), कृष्णप्रकाश श्रेष्ठ (रुस), विष्णु पन्थी (म्यान्मार), भगवती वस्नेत (इजरायल), प्रकाश पौड्याल ‘माइला’ (जापान), हेमन्त पर्देशी (कतार), मौलश्री लिम्बू (मलेसिया), पुनम क्षेत्री (बहराइन), विमल गिरी (बेल्जियम), मोहन आचार्य ‘जलद’ (पोर्चुगल), रश्मिला कवाङ (जर्मनी), ददिराम सापकोटा (फ्रान्स), विष्णुमाया विभू (नर्वे), पूर्ण बन्धन (डेनमार्क), अलका आत्रेय चुडाल (अष्ट्रिया), पुष्प वडुवाल (नेदरल्याण्ड), रमा पराजुली देवकोटा (स्वीजरल्याण्ड), कुसुम ज्ञवाली (क्यानडा), प्रदीप चापागाई (अष्ट्रेलिया) र कल्पना घिमिरे (अफ्रिका) लाई समेत आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी मूल समारोह समितिको सदस्यका रुपमा मनोनित गरिएको हो ।

द्विशतवार्षिकी कार्यक्रम सम्पन्न गर्नका लागि गठित समितिलाई सल्लाह दिनका लािग नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, संस्कृतिविद् डा. सत्यमोहन जोशी, प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. ठाकुर पराजुली, प्रा. राजेन्द्र सुवेदी, प्रा.डा. गार्गी शर्मा, मुक्तिनाथ आचार्य, रोचक घिमिरे, घनश्यामराज राजकर्णिकार, उषा शेरचन, नरेन्द्रराज प्रसाई र त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. देवीप्रसाद गौतमलाई सल्लाहकारका रुपमा चयन गरिएको छ ।