‘सबै भाषा–संस्कृतिको संरक्षण आवश्यक’

4 years ago Editor 0

 

नेपाल, इलाम

९ जनवरी /

 

Bairagi

 

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैराज्ञी काइँलाले भाषा संस्कृति सबैको साझा भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनु भएको छ ।

अहिले जातीयता र संघीयताको कुरा उठिरहेका बला कुनै जात विशेषको भन्दा पनि सबै जात–जाति अट्ने र सबैका लागि स्वीकार्य संघीयता आवश्यक रहेको उहाँको भनार्य थियो । सबै जात–जातिको धर्म, संस्कृति र परम्परा स्थापित हुन सके मात्र राष्ट्रियता रहने बताउँदै कुलपति काइँलाले भन्नुभयो –‘कुनै एक जातिको मात्र पहिचान हराए पनि राष्ट्रियतामा आँच आउँछ ।’

किरात याक्थुङ चुम्लुङ इलामले बिहीबार इलाम सदरमुकाममा आयोजना गरेको केलाङ्ग (च्याब्रुङ्ग) महोत्सवलाई सम्बोधन गर्दै उहाँले किरात याक्थुङ चुम्लुङले थालेको आफ्नो भाषा, संस्कृति संरक्षण अन्य समुदायलाई पनि उदाहरण भएको समेत चर्चा गर्नुभयो । मातृभाषाका पाठ्यक्रमहरु चुम्लुङको अगुवाइमा तयार भएर कक्षा ८ सम्म र धरानको संस्कृत विद्यालयमा ऐच्छिक विषयका रुपमा पठनपाठन हुनु चुम्लुङको अगुवाइको प्रतिफल भएको उहाँको तर्क थियो ।

सो अवसरमा किरात याक्थुङ चुम्लुङका संंस्थापक सदस्यहरुलाई सममान गरिएको छ । सम्मानित हुनेहरुमा उपाध्यक्ष रकम चेम्जोङ्ग, सचिव तेज यक्सो, सह–सचिव उत्तमसिंह थाङ्गदेन, सदस्यहरु छवि सम्वाहाम्फे र दीपक थेबे रहनु भएको छ ।

 

चुम्लुङको ‘केलाङ’ महोत्सव

??????????

 

लिम्बू जातिको मौलिक नाच च्याब्रुङ्ग (केलाङ) को संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ्ग चुम्लुङले इलाममा बिहीबार एक दिने ‘केलाङ’ महोत्सव आयोजना गरेको छ ।

अहिले लिम्बू समुदायका युवा युवतीलाई मा ‘केङ्ग’ र केलाङ्ग भन्ने शब्दकै जानकारी नभएकाले युवापुस्तालाई लिम्बू समुदायको नाचका बारेमा जानकारी दिनका लागि महोत्सव आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष अभिषेक एक्तेनले जानकारी दिनुभयो । लिम्बू समुदायको शुभ कार्यमा च्याब्रुङ्ग नाचिने गरिन्छ । ‘युवाहरुमा यस्ता नाचको तरिका, शैली र महत्वका बारेमा धेरैलाई थाहा छैन’–चुम्लुङका सचिव सन्तोष नेम्बाङ्गले भन्नुभयो –‘यो महोत्सवले युवाहरुलाई आफ्नो नाचका बारेमा जान्ने अवसर मिलेको छ ।’ त्यस्तै शुक्रबार केन्द्रीय परिषद् बैठक पनि आयोजना गरिँदैछ ।

महोत्सव र परिषद् बैठकमा सहभागी हुनका लागि इलामका गाउँ–गाउँबाट युवायुवती जातीय पोशाकमा आएका छन् । त्यस्तै परिषद बैठकमा भाग लिनका लागि इलाम सहित झापा, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, धनकुटा, सुनसरी लगायतका जिल्लाबाट प्रतिनिधि आएका छन् । महोत्सवमा त्यस क्षेत्रमा नाचिने नाच पनि देखाइएको थियो ।

संस्कृति संरक्षणमा सरकारी वेवास्ता, आफ्नो संस्कृति जोगाउन युवाहरु सचेत नहुनु आदिले च्याब्रुङ्ग नाच सङ्कटमा पर्दै गएकाले महोत्सव गरिएको आयोजकहरुको भनाई छ । च्याब्रुङ्ग खमारीको काठ र गोरु, बाँदर र मृगको छालाबाट बनाइने र सुमधुर आवाज दिने लिम्बू समुदायको मौलिक र सांकृतिक बाजा हो ।

लिम्बू समुदायको मौलिक बाजा च्याब्रुङ्ग संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने लिम्बू समुदायका अगुवा बताउँछन् । सरकारले सबै जात–जातिको संस्कृति संरक्षणमा समान चासो दिनुपर्ने उनीहरुको भनाई छ ।