संविधान र स्थानीय निर्वाचन : राष्ट्रपति

5 years ago Editor 0

नेपाल, झापा
७ जनवरी /

 

ram_Baran_20140107052124

 

संविधान निर्माण लगायत अन्य विभिनन आश्वासन बाँढेर निर्वाचन जितेपछि हाल संविधानसभा बैठक कसले डाक्ने भन्ने विषयमै झगडा गरिरहेका राजनीतिक दलहरुलाई शितलनिवासमा मंगलबार चियापान आयोजना गरी राष्ट्रपति रामवरण जनतासामू चुनावको बेला गरेको प्रतिबद्धता नभूल्न आग्रह गर्नुभएको छ ।

मंसिर ४ मा सम्पन्न दोस्रो संबिधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा राष्ट्रपति यादवले चियापान आयोजना गर्नुभएको सितलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति यादवले अन्तरिम चुनावी सरकारले तोकिएको जिम्मेवारी पूरा गरी राजनीतिलाई मूलमार्गमा ल्याइदिएको समेत सुझाउनुभयो । उहाँले विगतको संविधानसभाबाट भएको राम्रा कामको जगेर्ना गर्दै एक वर्षभित्र संविधान जारी गर्न र स्थानीय निकायको निर्वाचन गर्न दलहरुलाई आग्रह समेत गुर्नभयो ।

‘निर्धारीत समयमा संविधान दिने जिम्मेवारी अब पुनः दलहरुको काँधमा आएको छ’, आफ्नो लिखित मन्तव्यका क्रममा राष्ट्रपति यादवले भन्नुभयो –‘आगामी एक वर्ष भित्रमा नयाँ संविधान जारी गर्ने तथा स्थानीय निकायको निर्वाचन गर्ने भनी चुनावका बेला आम मतदाता सामु गरेको वचनबद्धतालाई विशेष रुपमा सम्झन नयाँ संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग मेरो आग्रह छ ।’

पहिलो संविधानसभाबाट संविधान हुन नसक्नु खेदको विषय भए पनि सभा त्यसै खेर नगएको यादवले दाबी गर्दै यादवले पहिलो संविधानसभाले गणतन्त्रात्मक शासनको जग बसाउने ऐतिहासिक काम गरेको र लडाकु र हतियार व्यवस्थापन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन भूमिका खेलेको यादवको जिकिर थियो ।
यादवले दोस्रो संविधानसभा निर्वाचनलाई सफल बनाउन सघाउने सरकार, राजनीतिक दल, सुरक्षाकर्मी र विदेशी, निर्वाचन आयोगको प्रशंसा गर्नुभएको थियो ।

सरकारका नाममा कारण देखाउ आदेश

th

यसैबीच संविधानसभा बैठक कसले बोलाउने भन्ने विषयमा विवाद जारी रहेका बेला सर्वाेच्च अदालतले मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभा बैठक आह्वान गर्नु पर्ने माग गर्दै दायर रिट विशेष इजलासमा पठाएको छ । साथै अन्तरिम आदेश जारी किन नगर्ने भन्दै २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ ओदश जारी गरेको छ ।

राष्ट्रपतिले आह्वान गर्नु पर्ने भन्दै परेको रिटमा भने सर्वाेच्चको अर्काे इजलासले लिखित जवाफ माग्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे दुबै पक्षलाई बोलाएर २४ गते सुनुवाईको मिति तोकिसकेको छ ।

मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभाको पहिलो बैठक आह्वान गर्नु पर्ने माग गर्दै मुकुन्द अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको इजलासले निवेदनको माग बमोजिम किन अन्तरिम आदेश जारी नगर्ने भन्दै २९ गते वा सो अगावै लिखित जवाफ पेश गर्न मन्त्रिपरिषद् सहितका विपक्षीका नाममा कारण देखाउ ओदश जारी गरेको हो ।

आदेशमा निर्वाचन परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभा बैठक आह्वान गरिसक्नु पर्ने भएकाले २९ गते नै पूर्ण सुनुवाईका लागि पेश गर्न भनिएको छ ।

संविधानको ब्याख्या समेत गर्नु पर्ने भएकाले विशेष इजलासमा पठाउन र सर्वाेच्च बार तथा नेपाल बार एसोसिएसनबाट २–२ जना एमिकस क्यूरी पठाउन समेत भनेको छ ।