भारतमा लिम्बुवान माग्दै जुलुस
4 years ago Editor 1
नेपाल, झापा
७ जनवरी /
भारतको सिलगढीमा लिम्बूहरूले पश्चिम बंगाल राज्यअन्तरगत लिम्बू स्वायत्त विकास परिषदको माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
पश्चिम बंगाल राज्य सरकारले तामाङ जातिका लागि विकास परिषद् गठन गर्ने तयारी गरिरहेको चर्चा सुनेपछि भारतका लिम्बूहरू पनि लिम्बू स्वायत्त विकास परिषद्को माग गर्दै सडकमा उत्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दार्जीलिङमा लिम्बूहरूले स्वायत्त लिम्बुवान विकास परिषद् माग गरिरहेका बेला उनीहरूले सोमबार सिलगुढीमा झरेर सडकमा प्रदर्शन गरेका हुन् । उनीहरूले सिलगुढीका अतिरिक्त जिल्ला शासक पीटी शेर्पालाई लिम्बुवान माग्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
पश्चिम बंगालमा ममता बेनर्जी सरकारले पहाडमा लेप्चा विकास परिषद् गठन गरेपछि अन्य जातिका नागरिकले समेत आ–आफ्ना जातीय परिषद् माग गर्न थालेका छन् ।
बेनर्जीले लेप्चा विकास परिषद् गठन गरेपछि यसले गोरखाल्याण्ड आन्दोलनलाई कमजोर पारेको र गोरखालीहरू विभिन्न जातिमा विभाजित भई गोरखा राज्यको साटो जातीय राज्य माग्नेतिर लागेको गुनासो दार्जीलिङवासीहरूमा बढेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
1 comment
Sanjeev Jan 09, 2014 at 4:49 pm
This is the greatest weekness of our Gorkhali. They can get divided easily and used easily by outsiders.
ReplySo sad…! Gorkhaland’s issue will be pending for long period of time again. Or it will be just a dream because of this kind of divisions.