घटेन तरकारीको मूल्य

4 years ago Editor 0

नेपाल, झापा
६ जनवरी /

 

20131224_153909

 

भारतबाट आयातित तरकारीमाथि निर्भर भएका कारण अत्यधिक मात्रामा तरकारी उत्पादन हुने महिनामा पनि झापा जिल्लामा तरकारीको मूल्यमा खासै कमी आउन सकेको छैन ।

कात्र्तिक महिनाको पहिलो सातामा प्रतिकिलो ७० का दरले बिक्री भएको आलुको मूल्यमा केही कमी आए पनि अहिले पनि आलु प्रतिकिलो ४०–५० रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष पुसको मध्यमा आलु प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको थियो ।

नयाँ जातका तरकारी उत्पादन हुने महिना भएकाले मंसिर अन्तिमदेखि तरकारीको बजारभाउ ओरालो लाग्नुपर्नेमा पुसको अन्त्यतिर पनि तरकारीको मूल्य जिल्लाका बजारहरुमा घट्न सकेको छैन । दैनिकजसो किन्नुपर्ने तरकारीको बजार भाउ नघट्दा उपभोक्ता निरास भएका छन् । सीमावर्ती भारतीय बजारबाट तरकारी कम मात्रामा आपूर्ति हुनासाथ झापामा तरकारीको मूल्य अकासिने गरेको छ ।

20131224_154201

आलुको मूल्यसँगै ताजा काउली प्रतिकिलो ३० रुपैयाँ, बन्दाकोपी २५ रुपैयाँ र सिमी प्रतिकिलो ६० रुपैयाँ, प्याज प्रतिकिलो ६० रुपैयाँ, मुला प्रतिकिलो २० रुपैयाँ र भन्टा प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री भइरहेका छन् ।
तरकारीको मूल्यसँगै हरियो सागपातको मूल्यमा पनि कमी आएको छैन ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार काउली, बन्दा, गोलभेडा, मुला, रायो, गाजर, सिमीका साथै बोडी, प्याज, काँक्रो लगायत गरी सात हजार चार सय ५० हेक्टर जग्गामा खेती गर्ने गरिएकामा एक लाख २४ हजार टनको हाराहारीमा उत्पादन हुने गरेको छ ।

यस बाहेक १४ हजार दुई सय हेक्टर जग्गामा किसानले एक लाख ९२ हजार टनको हाराहारीमा आलु उत्पादन गर्ने गरेका छन् ।