रेडियो प्रवासीको प्रथम वार्षिक उत्सव सम्पन्न

5 years ago Editor 0

अमेरिका, भर्जिनिया
२ जनवरी /

 

68877_10201456180700977_593691667_n

 

अमेरिकाको भर्जिनियास्थित रिचमोन्ड सहरमा विगत एक वर्षदेखि विधिवत सञ्चालनमा आएको ‘रेडियो प्रवासी’ ले आफ्नो प्रथम वार्षिक उत्सव धुमधामसाथ मनाएको छ ।

गत वर्षको जनवरी १ तारिखदेखि राम उप्रेतीको सक्रियतामा प्रशारण शुरु गरेको रेडियो प्रवासीको प्रथम वार्षिक उत्सवमा चर्चित गायिका कान्छीमाया सुब्बा (मगर) समेतको सहभागिता रहेको थियो ।

मुख्यगरी प्रवासमा रहेका नेपालीभाषीहरुका मनोभावना व्यक्त गर्ने तथा व्यक्तित्व विकास र चेतना अभिवृद्धिका लागि थालिएको रेडियोको प्रसारण नियमित २४ घण्टा कायम गरिएको संस्थापक उप्रेतीले बताउनुभयो ।

1526172_10201456180260966_433615178_n

शुरुवातमा स्थानीय तहमा सूचना र जानकारी दिने उद्देश्यले थालिएको रेडियो प्रसारण हाल संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसी, अन्य विभिन्न प्रान्त, नेपाल, क्यानडा, लण्डन र अष्ट्रेलिया मुलुकहरुमा समेत चर्चित बन्दै गएको र स्रोताहरु बढेको रेडियो स्रोतले जनाएको छ ।

रेडियो प्रवासीले आफ्नो प्रथम वार्षिक उत्सव मनाउने क्रममा समस्त स्रोतामा नव वर्ष सन् २०१४ को शुभकामना समेत व्यक्त गरेको थियो । कार्यक्रममा मैन बत्ति बालेर केक समेत काटिएको थियो ।