ओनट्यारोको,क्यानाडा सँस्कृतिक कार्यक्रम सम्पन्न

5 years ago Editor 0

नोवेम्बर 29,ओनट्यारो,क्यानाडा | भूटानी नेपाली समाज क्यानाडा ओनट्यारोको आयोजनामा एउटा बृहद सँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ | यस कार्यक्रमलाई शुभ-दिपावलीको अवसर पारेर राखिएको थियो ! कार्यक्रमको मूल उदेश्य नेपाली भाषा, साहित्य, अनि कलाको सँरक्षण गरी लुकेका प्रतिभाहरुलाई सम्मान गर्नु थियो | सोही कार्यक्रममा गायन, निर्त्य जस्ता अन्य धेरै प्रस्तूतीहरु राखिएका थिए |

यस कार्यक्रमलाई अक्टूबार २७ आइतबारको दिन राखिएको थियो, भूटानी नेपाली समाज क्यानाडा ओन्ट्यारोले गरेको यस कार्यक्रममा नित्य भने मौसमी ढुङगना,अर्चना प्रधान जस्ता प्रतिभासाली कलाकारहरुले गरेका थिए | कार्यक्रमको बारेमा र नेपाली भाषा साहित्य अनि कलाको विषयमा गोपी काफ्ले लगायत अन्य युवाहरुले बोलेका थिए | सो कार्यक्रममा नेपाली भाषी भूटानीहरुको उपस्तिथि सहित बिभिन्न संघ संस्थामा रहेका व्यक्तिहरुको उपस्तिथी रहेको थियो | कार्यक्रमको सन्चालन भने प्रतिभासाली यूवा दोय बलराम कप्लीए र तुला होमागाँइले गरेका थिए |dawajayadawa bhaijaya