अमेरिकामा ल्होसार

4 years ago Editor 0

अमेरिका, साउथ डेकोटा
३० डिसेम्बर /

 

21502079_10201442142590033_1150975501_n1502118_10201442143430054_1542334222_n1552752_10201442146030119_1086341234_n

 

अमेरिकको साउथ डेकोटा शहरमा ‘तमु त ल्होसार २५९८’ (घोडा वर्ष) विविध कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ ।
टेकबहादुर भतिजा गुरुङको संयोजकत्वमा आयोजित सो कार्यक्रम नेब्रेस्का वुद्धिष्ट समाजको मनी मलम प्रर्थनाबाट शुरु गरिएको थियो ।
नेब्रास्का, नर्थ डेकोटा, लोवा, कान्सर, मिस्सौरी, मिन्नेसोटा, इलिनियोस, ओह्यो र साउथ डेकोटा प्रान्तबाट तमु त ल्होसार कार्यक्रममा सहभागी हुन १५ सय बढी कार्यक्रम स्थलमा सहभागी बनेका थिए ।

कार्यक्रममा डिबी तामाङको गीति एल्बम ‘एउटा तारा’ को विमोचन गरिनुका साथै चित्रकला प्रदर्शनी, टुङ्गना नृत्य, गुरुङ सांस्कृतिक नृत्य प्रदर्शनी र भूटानी तथा नेपाली मौलिक खानाका परिकार समेत राखिएका थिए ।
कार्यक्रममा चर्चित भूटानी गायकहरु लोकेश गुरुङ, किशोर शिवाकोटी, छवि न्यौपाने, डिबी तामाङ, सुजित उराव र गीता गुरुङले गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सियोस फल्सस्थित लुथरन विश्व महासंघका डाइरेक्टर टिम जर्गेनको प्रमुख आतिथ्य रहेको थियो भने साउथ डेकोटाका मेयर माइक हेउथर र नेब्रास्का वुद्धिष्ट समाजका अध्यक्ष विकास गुरुङ विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष श्रीराज गुरुङ, कोषाध्यक्ष टेक गुरुङ, सल्लाहकार कुमार गरुङ, लामाहरु वरुण गुरुङ, रोधन गुरुङ, डिबी तामाङ, कर्ण गुरुङ, भीम गुरुङ, रन्जु गुरुङ, राजीव गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

शिविरमा पनि ल्होसार उत्सव

झापा–मोरङका शिविरहरुमा बस्दै आएका भूटानी शरणार्थी शिविरहरुमा समेत गुरुङ समुदायले तमु त ल्होसार २५९८ (घोडा वर्ष) धुमधामका साथ मनाइएको छ ।

गुरुङ जातिले सर्प वर्षलाई सोमबारदेखि विदाई गरेर घोडा वर्षमा प्रवेश गरेसँगै नयाँ वर्षको स्वागत गर्न प्रत्येक वर्ष ल्होसार पर्व मनाउने गर्दछन् ।

पर्व मनाउने क्रममा बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आइतबारदेखि नै ल्होसार मूल आयोजक समितिले पूजापाठ, सांस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रम गरिएको थियो ।

मूल आयोजक समितिका सचिव केबी गुरुङले दिनुभएको जानकारी अनुसार आइतबार छेलो हान्ने, डोरी तान्ने आदि खेलहरु सम्पन्न भए । त्यस्तै सोमबार अन्य विभिन्न कार्यक्रम गरिनुका साथै ड्रयुक साङपारपालिङ वौद्ध गुम्बामा विश्व शान्तिका लागि दोभाङ पाठ गरिएको थियो ।