अन्तर्राष्ट्रिय वुद्धिचाल उपाधि मनिषलाई

5 years ago Editor 0

????????????????????????नेपाल, दमक
३० डिसेम्बर /

 

??????????

 

सुधन प्रसाई स्मृति तेस्रो धु्रबतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर मनिष हमालको पोल्टामा परेको छ ।

पाँच खेलाडीको समान ७ अङ्क भए पनि बुचल टाइब्रेकरका आधारमा हमालले उपाधि जितेका हुन् । उनले सोमबार सम्पन्न ९ औं तथा अन्तिम राउण्डमा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारसँग बराबरी खेलेका थिए ।

बराबरी पछि उपाधि कसले जित्ने भन्ने पहिलो बोर्डमा खेलेका प्रतियोगिताकै टप रेटेड भारतका विपुल सुभाषी र मदन कृष्ण कायस्थबीचको नतिजामा निर्भर थियो । तर सो खेल पनि बराबरीमा रोकिएपछि हमालको भाग्य चम्केको थियो । बराबरी पछि त्रैलोक्या नन्दा र कुमार गौरभले जस्तै उपाधि भारत लाने विपुल सुभाषीको सपना पुरा हुन सकेन ।

यो जितसँगै नेपालमा भएका दश अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक उपाधि नेपाली खेलाडीले राख्न सफल भएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्न सकेका थिएनन् । समान ७ अङ्क भए पनि टप रेटेड विपुल सुभाषी दोस्रो तथा मदन कृष्ण कायस्थ तेस्रो भए । चौथो स्थान पूर्व नेपाल च्याम्पियन नविन तण्डुकारले हात पारे ।

दमकका भुपेन्द्र निरौला निरजले अन्तिम राउण्डमा पुरुषोत्तम चौलागाईलाई पराजित गरेर समान सात अङ्क बनाए पनि बुचल नियमले उनलाई पाँचौ स्थानमा खुम्चाइदियो । प्रतियोगितामा समान ६.५ अङ्कका साथ क्यानिडेट मास्टर कृष्ण थापा, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, रुपेश जैशवाल, हिमाल लामा, जनार्दन श्रेष्ठ, राजन सुबेदी र दमककै प्रकाश नेपाल क्रमशः छैटौ देखि बाह्रौं स्थानसम्म रहे ।

त्यस्तै समान ६ अङ्क सहित भारतका थेण्डुप तामाङ्ग र राकेश गुरुङ्ग तेह्रौ र चौधौ हँुदा ६ अङ्क नै जोडेका प्रज्जवल घिमिरे , तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली र पदम रुपाचा क्रमशः पन्ध्रौं, सोह्रौं र सत्रौं भए ।

५.५ अङ्क जोडेका पुरुषोत्तम चौलागाई, भारतका रञ्जन रुपेश, मनोज विक, नवीनकुमार चौधरी, भवानी लिम्बू , रोहित गुरुङ, हिमाल राई र एसास खुम्बू क्रमशः अठारांैदेखि पच्चिसौं भए ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रोले क्रमश नगद ४० हजार, २५ हजार र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गरे भने चौथो हुनेले ११ हजार,पाँचौ हुनेले ९ हजार छैटौंदेखि दशौंसम्मकाले नगद ५÷५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको खुलातर्फ बेष्ट अन्डर थर्टिनको उपाधि राहुल गुरुङले हात पारे भने बेष्ट वुमनको उपाधि भारतकी प्रिया क्षेत्रीले जितिन् । अन रेटेडतर्फ अन्डर सिक्सटिनको ब्वाइज तर्फको उपाधि दमकका निश्चल काफ्ले, गल्सतर्फ आष्मा थापा, अन्डर थर्टिनको ब्वाइजतर्फ रोमनप्रसाद लिम्बू, गल्सतर्फ खुशी मुखिया, अन्डर टेनको ब्वाइजतर्फ अमन कोइराला, गल्सतर्फको उपाधि निङ्गफुमा लिम्बूले हात पार्दा बेष्ट दमकको उपाधि बसन्त लामाले हात पारे । त्यस्तै बेष्ट पूर्वाञ्चलको उपाधि राजनकुमार पोख्रेलले हात पारे ।