अन्तर्राष्ट्रिय वुद्धिचाल शुरु

5 years ago Editor 0

नेपाल, दमक
२५ डिसेम्बर /

 

chess 1chess 2chess 3chess 4chess 5

 

झापाको दमकमा बुधबारदेखि सुधन प्रसाई स्मृति तेस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

नेपाल, भारत, बंगलादेश र अमेरिकाका गरी १०७ जना खेलाडी सहभागी सो प्रतियोगिता दमकस्थित ध्रुवतारा स्पोर्टिङ्ग क्लवको आयोजनामा शुरु भएको हो ।

वुद्धिचालका नेपाल च्यम्पियन मदन कृष्ण कायस्थ, पूर्व च्यम्पियन सुरवीर लामा, नवीन ताण्डुकर, फिडे मास्टर मनिष हमाल, राष्ट्रिय अमेच्योर च्यम्पियन प्रकाश नेपाल, दमकका राष्ट्रिय बुद्धिचाल खेलाडी निरज निरौला लगायतको समेत प्रतियोगितामा सहभागिता रहेको छ ।

प्रतियोगितामा कूल पा“च लाख ५० हजार रुपैया“ खर्च हुने जनाइएको छ भने नगद पुरस्कारतर्फ मात्रै दुई लाख १२ हजार रुपैया“ खर्च हुने आयोजक संस्था ध्रुवतारा क्लवका अध्यक्ष कम कटुवालले जानकारी दिनुभयो । कटुवालले भन्नुभयो –‘चेस खेलका माध्यमबाट दमकलाई चिनाउने प्रयास गरिएको हो ।’ क्लवका पूर्व अध्यक्ष समेत रहेका दिवङ्गत सुधन प्रसाईको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेताले नगद ४० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः नगद २५ हजार र १५ हजार रुपैया“ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

आगामी पुस २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि अन्तराष्ट्रिय आर्विटर उमेश केसीले चिफ आर्विटरको भूमिका निर्वाह गरिरहनु भएको छ । प्रतियोगिता स्वीस लिग अन्तरगत नौ चरणसम्म खेलाइने चिफ आर्विटर केसीले बताउनु भयो ।

ध्रुवतारा स्पोर्टिङ्ग क्लवले प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो । प्रतियोगिता झापाको दमकस्थ्ति मारवाडी सेवा समितिको सभाहलमा सञ्चालन भइरहेको छ ।

उद्घाटन खेलमा नाम चलेका खेलाडीहरु नेपाल च्यम्पियन मनदकृष्ण कायस्थ, पूर्व नेपाल च्यम्पियन सुरवीर लामा, बद्रीलाल नेपाली, नवीन तण्डुकार, फिडे मास्टर मनिष हमाल, एमेच्युर च्यम्पियन प्रकाश नेपाल, निरज निरौला, प्रतियोगीका सर्वाधिक रेटिङ्ग प्राप्त खेलाडी बिपुल सुवासिनी (२२२७) लगायतले अग्रता लिएका आयोजकले जनाएका छन् ।