बलात्कारको आरोपी जेल चलान

4 years ago Editor 0

नेपाल, बेलडाँगी
२४ डिसेम्बर /

बालिकालाई ललाई फकाई जर्बजस्ती गरेको आरोपमा समातिएका झापा दमक बेलडांगी स्थित भुटानी शरणार्थी शिविरका एक जना र्पूपक्षका लागि कारागार चलान भएका छन् ।
बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले दमकको बेलडांँगीस्थित भुटानी शरणार्थी शिविरका ५० वर्षीय मंगलसिं सार्की कारागार चलान भएका हुन् ।

दमक–३ स्थित भुटानी शरणार्थी शिविर बेलडांँगी शिविर सेक्टर सी १ छाप्रा नम्बर ३३ का सार्कीले सोही.शिविरकी एक १२ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा सार्की समातिएका थिए ।

महिना दिन अघि समातिएका सार्कीलाई सोमबार जिल्ला अदालतले थुनामा राखेर कार्बाही चलाउन आदेश दिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजाराम अधिकारीले जानकारी दिनुभयो ।