गज़ल

4 years ago Editor 0
गजलकार प्रयास कडारिया हाल: रोअनोक भर्जीनिया यू. एस्.ए
गजलकार
प्रयास कडारिया
हाल: रोअनोक भर्जीनिया यू. एस्.ए

गज़ल 

याद आउछ कान्लो मुनि गाडेको लासको कथा
मयुर जस्तै आगन भरी, नाचीरहने हासको कथा

हजार नाता गासिएको जिन्दगि आज एक्लै
संझी रुन्छु, पहरे गाउमा, काटेको घासको कथा

आगनीमा अबेर सम्म रोधी भाका गुन्गुनाउदै
साथी-संगी मिलि-मिलि बाटेको कपासको कथा

चौतारीमा आज पनि तिनै अतित दोरुयाउन
आउछु अनि गाउछु, यस्तै छ है “प्रयासको” कथा