७ स्थान तल झर्यो नेपाल

5 years ago Editor 0

एजेन्सीको सहयोगमा
१९ डिसेम्बर /

 

FIFA

 

विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ बरियताक्रममा नेपाल ७ स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको बरियता क्रममा यसअघि एक सय ६५ औं स्थानमा रहेको नेपाल ओरालो यात्रा गर्दै एक सय ७२ औं स्थानमा अडिएको छ ।

नेपाल भन्दा १८ स्थानमाथि रहेको भारत पनि वरियता क्रममा ६ स्थान तल झरेको छ । हाल भारत एक सय ४८ औं स्थानबाट तल झरेर एक सय ५४ औं स्थानमा आइपुगेको छ । नयाँ वरियता अनुसार १४ स्थान तल झरेको माल्दिभ्स १ सय ६३ औं स्थानमा अडिएको छ भने साविक भन्दा ८ स्थान तल झरेको बंगलादेश एक सय ६४ औं स्थानमा अडिएको छ ।
त्यस्तै ३ स्थान तल झरेको श्रीलंका एक सय ६९ औं स्थानमा छ भने पाकिस्तान नेपाल भन्दा एक स्थान तल एक सय ७३ औं स्थानमा छ । भूटान भने साविककै दुई सय ७ औं स्थानमा कायम छ ।

फिफा बरियता क्रममा शीर्ष १८ देशमा कुनै परिर्वतन नभएको जनाइएको छ । स्पेन शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो, अर्जेन्टिना तेस्रो, कोलम्बिया चौथो र पोर्चुगल पाँचौ स्थानमा छन् ।