अब दैनिक ९ घण्टा लोडसेडिङ

5 years ago Editor 0

नेपाल, झापा

१८ डिसेम्बर /

 

loadseding

 

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ ।

प्राधिकरणलले दैनिक ३ घण्टा लोडसेडिङ बढाएर दैनिक ९ घण्टा पुर्याएको हो । अबदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटक मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घण्टा लोडसेडिङ गर्ने तय गरेको हो । माग भन्दा करिव साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताउनु भयो ।