शिविरमा भुटानी राष्ट्रिय दिवस

4 years ago Editor 0

नेपाल, बेलडाँगी

१७ डिसेम्बर /

 

bhutan rastrya diwas

 

झापा र मोरङमा रहेका भूटानी शरणार्थीहरुले मंगलबार भुटानको १०६ औं राष्ट्रिय दिवस मनाएका छन् ।

दुई दशक भन्दा लामो समय भूटानबाट राजनीतिक कारणले धपाइएर पूर्वी नेपालका झापा र मोरङका शिविरहरुमा शरण लिइरहेका उनीहरुले भूटानको १०६ औं राष्ट्रिय दिवस दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा मनाएका हुन् । राष्ट्रिय दिवस मनाउन भेला भएका यी शरणार्थीले विदेशी भूमिमै भए पनि आफ्नो देशको राष्ट्रिय झण्डा फहराए, राष्ट्रगान गाए । उनीहरुले देश बाहिर बसेर पनि राष्ट्रिय दिवसको सम्मान गरे ।

वाङ्चुक वंशका प्रथम राजा उगेन वाङ्चुकले सन् १९०७ को डिसेम्बर १७ मा आधुनिक भुटान राष्ट्रको घोषणा गरेको सम्झनामा भूटानमा राष्ट्रिय दिवस मनाउने चलन छ । राष्ट्रिय दिवसको अवसरमा शिविरमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन लगायत गर्नुका साथै विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा शरणार्थी दातृ निकायहरु राष्ट्र संघीय शरणार्थी उच्चायोग, लुथरन विश्व फेडेरेशन, विश्व खाद्य कार्यक्रम, कारितास नेपाल र पत्रकार मञ्च दमक सम्मान गरिएको थियो ।

कार्यक्रममा कारितास नेपालका फादर अमलराज एसजे, स्वदेशफिर्ति आन्दोलनका अगुवा डा. भम्पा राई, बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बा लगायतले मन्तव्य राख्नु भएको थियो ।