‘घरगाउँ’ को छायाङ्कन शुरु

5 years ago Editor 0

नेपाल, झापा
१७ डिसेम्बर

 

suting of ghar gaou

 

मोफसलका कलाकारहरुको प्रयासमा लघु चलचित्र ‘घरगाउँ’ को हालै शुभमूर्हत सँगै छायाङ्कन शुरु गरिएको छ ।
झापाको महारानीझोडामा सो चलचित्रको शुभमूर्हत गरी सोही ठाउँमा केही दृष्यहरुको छायाङ्कन समेत गरिएको हो ।

अवसर र रोजगारीको खोजीमा युवा जनशक्तिले धमाधम गाउँ छोडेर विदेश र अन्यत्र पलायन हुने क्रम बढेसँगै ‘गाउँघरमा नै बसेर पनि उन्नति गर्न सकिन्छ’ भन्ने मूल सन्देश सहितको कथावस्तु समेटेर चलचित्र निर्माण थालिएको निर्देशक एवम् कथाकार निर्भिक राईले बताउनु भयो ।

विदेश गएर पैसा कमाउने अनि शहरमै घरघडेरी जोडेर गाउँलाई चटक्कै माया मार्ने प्रचलन त्याग्नुपर्छ भन्नेमा चलचित्रले विशेष जोड दिने निर्माता भीम सुहाङले स्पष्ट पार्नुभयो ।

सुनिता सुहाङको प्रस्तुति, विक्रम डिसीको छायाङ्कन रहेको चलचित्रमा सचिन्द्रमणि राई, धनबहादुर राई, वुद्विमान राई, अम्बिका भण्डारी, सीता भण्डारी, नैनकला वास्तोला लगायतका दुई दर्जन कलाकारहरुको अभिनय रहने बताइएको छ ।

चलचित्रमा धेरैजसो झापाको ग्रामीण परिवेशका दृश्य र मौलिक कथावस्तुलाई समेटिने निर्माण पक्षको दावी छ ।
निर्देशक राईले सानो बजेटको चलचित्र बने पनि सन्देशमूलक हुने दावी गर्नुभयो । चलचित्र उपाशना फिल्मस् प्रालिको व्यानरमा निर्माण शुरु भएको हो ।