रुवाई

5 years ago Editor 0

निदाउन सकीन म , लास देखे सपनीमा

भोका अनुहारहरुको त्रास देखे सपनीमा
पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा
सायद जिन्दगी उदास देखे सपनीमा

डाडाले घामलाई डाकी सक्यो
बादलले आकास ढाकि सक्यॊ
सानोमा बालुवा खेल्दा भन्थे
आऊ श्रीमती भात पाकी सक्यो

भाषा अनि भाकाहरु ओझेलमा पर्या छैनन्
त्यसको सेर्य उच्च नै छ मुनि झर्या छैनन्
रेडियोमा एउटा आवाज जतिञ्जेल बझीरन्छ
मेरा लागी फत्ते मान त्यतीन्जेल मर्या छैनन्

लेखक: जे.एन दाहाल
मासाचुसेट्स संयूक्त राज्य अमेरिका