नेपाली गट ट्यलेन्त यू एस् ए सुरु

4 years ago Editor 0
आफ्नो टेलन्ट प्रस्तुत गर्दै प्रतियोगी रहोल राइ  तस्बिर: अशोक राइ
आफ्नो टेलन्ट प्रस्तुत गर्दै प्रतियोगी रहोल राइ
तस्बिर: अशोक राइ

 

राजन गुरु आफ्नो कला प्रस्तुत गर्दै राजन गुरु आफ्नो कला प्रस्तुत गर्दै तस्बिर्:अशोक राइ
राजन गुरु आफ्नो कला प्रस्तुत गर्दै
तस्बिर्:अशोक राइ

 

अमेरिका, टेक्सस
१५ डिसेम्बर /

उत्तर अमेरिकामा रहेका नेपालीहरु माझ लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य लिएर टेक्ससको अर्विङ शहरमा आइतबार ‘नेपाली गट ट्यालेन्ट’ को दोस्रो अडिसन कार्यक्रम सम्पन्न भएको छ । अडिसन कार्यक्रम अर्विङ शहरको टेम्टसनस्थित भारतीय रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।
अडिसन कार्यक्रममा कर्मा बन्डका गायक सुरेन्द्रमान सिंह र प्रख्यात रेडियो कार्यक्रम सञ्चालक सुमित सिक्देल निर्णयक रहेको कार्यक्रम रुपेश न्यौपानेको संयोजन र निक्की पाण्डेले संचालन गर्नु भएको थियो । कार्यक्रममा भूटानी स्रष्टा डेन्जोम साम्पाङ र ए के राना साम्पाङ द्वयको पनि उपस्थिति रहेको थियो ।
‘नेपाली गट टलेन्ट युएस’ विज इन्टरटेन्ट्मेन्ट र आहा प्रोडक्सनको सामूहिक आयोजनामा गरिएको प्रतियोगिता हो जसलाई Neu Law Productionसहित  Purple Quantum ले हातेमालो गरेका छन् । कार्यक्रम सञ्चालिका निक्की पाण्डेका अनुसार यस प्रतियोगितामा लगभग २० प्रत्यक्ष र अन्य इन्टरनेट डायस्पोरा बाट गरी ५० प्रतियोगिहरुले सहभागिता जनाएका छन् । कार्यक्रम संयोजक रुपेशले जनाए अनुसार आयोजकले दुई हजार बढी सहभागी र दर्शकको लक्ष्य राखेका छन् ।
कर्मा व्यान्डसँग उत्तर अमेरिकामा नेपाली प्रतिभाको ब्यानर थेम चाँहि “Bringing Community Together” रहेको छ । यस प्रतियोगिताको ग्रान्ट फिनाली आगामी जनवरी ४ मा बेलुकी ७ बजेदेखि ११ बजेसम्म  Naomi Bruton Main Stage, Dallas Convention Center Theater Complex, 1308 Canton Street, Dallas TX 75201 मा हुने आयोजकले जनाएका छन् । संयोजक रुपेश भन्नुहुन्छ –‘आजको मितिदेखि थप एक हप्तासम्म प्रतियोगीहरुले ईमेल इन्टरनेट मार्फत सहभागिता जनाउन सक्नेछन् ।’ विस्तृत जान्कारीको लागि  www.nepalesegottalent.com  मार्फत जानकारी लिन सकिने छ ।