निर्जनका गजल

4 years ago Editor 0
गजलकार सोम राई 'निर्जन'  हाल:भूटानी शरणार्थी शिविर  शनिश्चरे, मोरङ, नेपाल
गजलकार
सोम राई ‘निर्जन’
हाल:भूटानी शरणार्थी शिविर
शनिश्चरे, मोरङ, नेपाल

गजल

ओइल्याई तलाउमा पातहरु झरेको झरेकै छन् यहाँ,
कालो सेतो दानाहरु छताछुल्लै छरेको छरेकै छन् यहाँ

शरणार्थीको पूच्छर मेटाउन यताउता क्षितिज नै रोज्दै,
पुर्नवासले हो आ-आफ्नै दाई भाई लरेको लरेकै छन् यहाँ

मिठामिठा सपनाको आधरले औधी यहाँ देखी त्यहाँ सम्म,
अनयासै अनगिन्ति जन्म पूर्व मरेको मरेकै छन् यहाँ

चौतारीमा यहाँ सुस्ताउनेहरु आरामले सुस्ताएका छन्,
सधै नाउ चड्नेहरु सङ्लो खोलो तरेको तरेकै छन् यहाँ

मौलाएका पाउलाझैँ झूण्डिएर भिरको फर्सी पिरमाथी हो,
दुनियाले हरपल सास्ति खेप्नु परेको परेकै छन् यहाँ |