विश्वकप क्रिकेटका लागि करिव ४ करोड आवश्यक

4 years ago Editor 0

नेपाल, काठमाडौं
१३ डिसेम्बर /

 

images

राष्ट्रिय खेलकुद परिषदले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि बृहत कार्य योजना सहितको प्रतिवेदन बुझाउन गठित आयोगले तीन करोड ८३ लाख रुपैयाँको कार्ययोजना तयार पारेको छ ।

आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई बुझाएको प्रतिवेदनमा पूर्वाधार निर्माणको लागि एक करोड ५३ लाख आठ हजार तीन सय ४३ रुपैयाँ ४४ पैसा र अभ्यास खेल र एक दिवसीय प्रतियोगिताका लागि दुई करोड ३० लाख, ४० हजार नौ सय ३० रुपैयाँ २० पैसा चाहिने उल्लेख छ ।

प्रतिवेदनमा तत्काल गर्नु पर्ने कामहरुको बारेमा बिस्तृत विवरण रहेको छ । जस अनुसार क्रिकेटको पूर्वाधार सुधार गर्ने र प्रतियोगिताको तयारीको लागि अभ्यास म्याचको आवश्यकतालाई औंल्याइएको छ । पूर्वाधार सुधारतर्फ हाल सञ्चालनमा रहेको त्रिभुवन विश्वविद्यालयको मैदानमा जिम हलको सुधार गर्ने, इन्डोर हलको निर्माण, नेट र टर्फको व्यवस्था आदि रहेका छन् ।

worldcup

त्यस्तै श्रीलंका र न्यूजिल्याण्डमा प्रतियोगिताको लागि आवश्यक रकम क्रिकेटको लागि विनियोजन गरेको बजेट र भौतिक पूर्वाधारको लागि मौजुदा रहेको ४० लाख रुपैयाँबाट काम सुरु गर्ने र नपुग रकम सरकारसँग माग्ने सदस्य सचिव युवराज लामाले जानकारी दिए ।

प्रतिवेदन तयारी समितिमा राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, क्यानका प्रतिनिधि सञ्जिव पाण्डे, प्रमुख प्रशिक्षक जगत टमाटा र परिषदका एक इन्जिनियर रहेका थिए ।