झापाबाट समानुपातिकमा पनि प्रत्यक्षकै हाराहारीमा

5 years ago Editor 0

नेपाल, झापा
१३ डिसेम्बर /

 

img_2567

 

संविधानसभाको समानुपातिक सभाषद्हरूको सूचि धमाधम आउने क्रम चलिरहदाँ झापामा समेत खुल्दुली शुरु भएको छ ।

उम्मेद्वारको सूचिमा परे पनि पार्टीले ती सबैलाई सभाषद्का लागि पठाउन नसक्ने भएका कारण धेरै जनाको नाम संविधानसभा सदस्यका रुपमा नपुग्ने स्पष्ट छ । स्रोतका अनुसार जिल्लाका सात प्रत्यक्ष बाहेक त्यतिकै हाराहारीमा समानुपातिकबाट सभाषद् हुन सक्ने अडकलबाजी गर्न थालिएको छ ।

निर्वाचन आयोगले बन्दसूचिमा परेका सभाषद्हरुको नाउँ पठाउन आगामी पुष ३ गतेसम्म दलहरूलाई थप मौका दिएपछि यतिबेला समानुपातिक सभाषद् बन्नका लागि चलखेल झनै बढेर गएको छ । अहिले दलहरूका लागि त्यो पद निकै घाँडो नै बन्न पुगेको छ । कतिपय दलहरूमा सतही रुपमा बन्दसूचिका सभाषद्का लागि लाखाँं रुपैयाँमा किनबेच हुन थालेको सार्वजनिक भएको छ । त्यसो त गएको संविधानसभामा अप्रत्यासित नतिजा प्राप्त गरेको राप्रपा नेपालभित्र आन्तरिक लडाई चुलिएको पाइएको छ ।

राप्रपा नेपालभित्र देखिएको कलहको बेथितिलाई मध्यनजर गर्दै सबैभन्दा ठूलो दलको जनमत पाएको नेपाली कांग्रेस र एमालेले सुक्ष्म ढंगले बन्दसूचि बुझाउने अन्तिम गृहकार्यमा रहेको छ । झापाबाट कांग्रेसले बढीमा ३ र एमाले समेत ३ जनाको नाम टुङ्गो लगाउन लगभग पूरा गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेन्द्रबिक्रम नेम्बाङ, नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा कांग्रेस महिला नेतृ महेन्द्रकुमारी सुब्बा र सरिता प्रसाई पर्ने निश्चित भएको स्रोत बताउँछ ।

त्यस्तै एमालेबाट धिमाल अगुवा लोकबहादुर धिमाल, बिमला विक र हरि राजवंशी र एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिल्ला सभापति अर्जुन राई पर्ने सम्भावना छ । त्यस्तै संघीय समाजवादीको पाँच सिटमा झापाबाट जनजातीका अगुवा नित्यानन्द ताजपुरिया या बिष्णुबहादुर राईको नाम आउने स्रोतले जनाएको छ । यस अघि राप्रपा नेपालबाट भक्तबहादुर विक र नेपाल परिवार दलले भने मनकुमारी राजवंशीलाई आयोग समक्ष नाम बुझाइसकेको छ ।

जिल्लामा सबै दलहरूको प्रत्यक्ष र समानुपातिक तर्फका सभाष्दहरूको कूल संख्या एक दर्जन पुग्ने सम्भावना बढेर गएको छ ।