पत्रकार महासंघमा तिब्र विवाद

4 years ago Editor 0

नेपाल, काठमाडौं
११ डिसेम्बर /

 

FNJ logo_20120319083617

 

सदस्यता वितरण बारे नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा विवाद उत्पन्न भएको छ ।

महासंघको केन्द्रीय निर्णय र मापदण्ड विपरीत तथा विधान विपरीत गएर साधारण सदस्यता सिफारिस सदर गरी सर्कुलर जिल्लामा पठाएको भन्दै केन्द्रीय समितिमा यस्तो विवाद सृजना भएको हो ।

गत असोज १३ मा बसेको केन्द्रीय समितिको वैठकले जिल्लाबाट सर्वसम्मत आएका सिरफारिसलाई सदर गर्ने तथा त्यस्ता सिफारिस उपर उजुरी परे सदस्यता दिनुपर्ने नपर्ने कारणबारे जिल्ला समितिलाई पत्र पठाउने र त्यस विषयमा निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला शाखालाई नै दिने निर्णय गरेको थियो ।

तर महासंघले एकलौटीरुपमा जिल्लाबाट सर्वसम्मतिमा आएका सिफारिसलाई पनि थप घट गरी पठाएको, विवाद भएका जिल्ला कमिटी वा साधारण सदस्यताका विषयमा महासंघभित्र छलफल नै नगरी आफू अनुकूल हुने गरी जिल्लालाई पठाइएको तथा केन्द्रीय समितिको बैठक बस्नु अघि मंगलवार राति नै जिल्लामा सर्कुलर गरेपछि महासंघभित्र विवाद चुलिएको हो ।

यहि विषयलाई लिएर महासंघका सचिव जगत नेपाल सहित केन्द्रीय सदस्यहरु दीलिप थापामगर, राजेश मिश्र, प्रकाशचन्द्र परियार, प्रकाश थापा र उज्वल आचार्यले केन्द्रीय समितिका पछिल्ला गतिविधि महासंघको विधि, प्रक्रिया र यसअघि गरिएका आफ्नै निर्णयलाई समेत अवज्ञा गरेर गएको भन्दै बुधवार नोट अफ डिसेन्ट लेखेर बैठक बहिष्कार गरेका हुन् ।

अघिदेखि नै विवाद कायम रहेको काठमाडौं शाखामा एकलौटी निर्णय गरी सदस्यता सदर गरेर पठाइएको, बाँके जिल्लाबाट सर्वसम्मतिले ५३ जनाको सिफारिस केन्द्रमा आए तापनि आफू अनुकूल घटाएर ४० जनालाई मात्रै सदस्यता दिएर पठाइएको केस प्रकाशचन्द्र परियारले दावी गर्नुभयो ।

यसैगरी झापावाट ७० जनालाई सदस्यता दिन सिफारिस गरिए पनि ३६ जनाको विवाद कायम रहेको, सिन्धुपाल्चोक र उदयपुरमा जिल्ला समितिले सिफारिस गरे भन्दा बढी पठाएको, जाजरकोटमा जिल्ला कार्य समितिले सिफारिस गरे भन्दा वढी नामावली पठाएको, सप्तरी जिल्लामा पनि सिफारिस गरिएको भन्दा १३ जना थप गरी पठाइएको परियाले आरोप लगाउनु भएको छ ।