मोर्चामा कटुवाल

5 years ago Editor 0

नेपाल, बेलडाँगी

१२ डिसेम्बर /

भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा नन्दलाल कटुवाल चयन हुन भएको छ ।

सो पार्टीका प्रचार सचिव मेघ दोर्जी जिम्बाले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्षमा कटुवाललाई सर्वसम्मत चयन गरिएको उल्लेख छ ।

भूटानी शरणार्थी समुदायको स्वदेशफिर्तिको अधिकारका निम्ति लड्ने क्रममा कुटुवाल १३ वर्षसम्म भूटानको जेलमा बन्दी बनेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले स्वदेश फिर्तिको आन्दोलनलाई शान्तिपूर्ण र सशक्त बनाउँदै लैजाने जनाएको छ भने सो का लागि नेपाल, भारत र संयुक्त राष्ट्र संघले कुटनीतिक पहल गरिदिनु पर्ने माग समेत राखेको छ ।