चुलाचुलीमा नाटक महोत्सव हुने

4 years ago Editor 0

नेपाल, चुलाचुली
१२ डिसेम्बर /

दक्षिणी इलामको चुलाचुलीमा शनिबारदेखि दुई दिने नाटक महोत्सव हुने भएको छ ।

‘ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मूल नाराका साथ चुलाचुली रङ्गमञ्चको आयोजनामा हुन लागेको सो नाटक महोत्सवमा अन्य तीन ओटा थिएटरले समेत नाटक मञ्चन गर्ने आयोजक संस्थाका सदस्य अनिल सुब्बाले जानकारी दिनुभयो ।

सुब्बाका अनुसार आयोजक संस्थाका तर्फबाट ऐतिहासिक लिम्बुवानको किपट प्रथामा आधारित ‘किपोट’ र शीर्षक बिनाका चराचुरुङ्गीमा आधारित र अर्को नाटक लोक बाजाहरुको प्रस्तुति समेत महोस्वमा मञ्चन गरिने छन् ।

त्यस्तै महोत्सवमा भूटानी शरणार्थी शिविर बेलडाँगीका सृजना थिएटर र हाम्रो थिएटर तथा शनिश्चरे शिविरको सुरुवात थिएटरले समेत प्रस्तुति गर्ने बताइएको छ । चुलाचुली गाविस कार्यालयको सभाहलमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएका छन् ।