दुर्घटनाका घाइतेको मृत्यु

5 years ago Editor 0

नेपाल, दमक
११ डिसेम्बर /

गत शुक्रबार टिपरको ठक्करबाट सख्त घाईते भएका झापा लखनपुर–१ का २५ वर्षीय एक युवकको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

मोरङको बेलबारीबाट झापातर्फ आउने क्रममा पूर्व–पश्चिम राजमार्गको भाउन्ने भन्ने स्थानमा भएको सवारी दुर्घटनामा सख्त घाइते भएका शेखर भट्टराईको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार भट्टराई पश्चिम दिशातर्फ जाँदै गरेको टिप्परसँग जुधेका थिए । उपचारका लागि भारतको सिलिगुडी लगिएकोमा चिकित्सकहरुले उनलाई बुधबार मृत घोषणा गरेका पारिवारिक स्रोतले जनाएको छ ।

मृतकका श्रीमती र तीन महिनाकी एक छोरी छन् । मृतकको शव पोष्टमार्टमका लािग मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।