खुलालले गरे आत्महत्या

4 years ago Editor Comments Off on खुलालले गरे आत्महत्या

अ‍ेमरिका, जर्जिया

१0 डिसेम्बर /

 

तेस्रो देश पुनर्वास रोजेर अमेरिकाको जर्जिया प्रन्तमा बस्दै आएका एक भूटानी शरणार्थीले आत्महत्या गरेका छन् ।
जर्जियास्थ्ति क्लर्कस्टन सिटीमा बसोबार गर्दै आएका ४० वर्षीय बल खुलालले झुण्डिएर आत्महत्या गरेको त्यहाँ बसोबार गर्नुहुने भूटानी व्यापारी तथा सामाजिक अगुवा दीलिप दाहालले जानकारी दिनुभयो ।

दाहालले दिनुभएको जानकारी अनुसार खुलालले गत डिसेम्बर १० तारिकमा बिहान ७ बजेको समयमा झुण्डिएर आत्महत्या गरेका थिए । उनलाई झुण्डिएको अवस्थामा आफन्तले देखेपछि स्थानीय प्रहरीमा जानकारी गराएका थिए ।

पुनर्वास रोजेर अमेरिका पुगेका भूटानी शरणार्थी समुदायमा आत्महत्या गर्ने क्रम बढ्दै गएको खबर छ । अघिल्लो महिना मात्रै पुनर्वासमा अमेरिका पुगेका तीन जना शरणार्थीले आत्महत्या गरेका थिए । जर्जिया प्रान्तमा भने खुलालको आत्महत्या हालसम्मकै दोस्रो भएको बताइएको छ ।

केही महिना अघि भुटनिज आर्टिस्ट अफ जर्जियाले पुनर्वास गएका शरणार्थीहरुमा बढ्दो आत्महत्या रोक्न चेतनामूलक सेमिनारको समेत आयोजना गरेको थियो ।