गजल

4 years ago Editor 0
गजलकार  गोविन्द फुयाल।  लुहिविल, केन्ठकी
गजलकार
गोविन्द फुयाल।
लुहिविल, केन्ठकी

गजल

फोछु मोछु मात्र कहाँ सात समुन्द्र तारी खेदेउ।
जेथो मेथो श्रीसम्पत्ती आफ्नै नाउमा सारी खेदेउ।१।

आखिर के नै भुल भयो हकको कुरा गरेका हौ,
भाषा भेश जलाएर आखिर नाङगो पारी खेदेउ।२।

ल्होछुम्पेली जतिलाई स्वार्थ पुरा गर्न भनी।
नेपालबाट नेपाललैमा रातारात झारी खेदेउ।३।

जाब्ड्रुङ र राम शाह विचको सन्धीलाई लत्याएर।
पालन गर्न नसकेर आखिरमा हारी खेदेउ।४।

अस्तित्वको रक्षा गर्न सतित्वको भिख माग्दा।
आर्मी जती साडे जस्तै गाउँ गाउँ नारी खेदेउ।५।

युवा जती प्राण रक्षा गर्न भनी जङलमा।
जादा पनि उतै गैइ आप्पटे त्यो घारी खेदेउ।६।

राम्रो पदमा जागिर खाने जतीलाई निकालेर।
बेसहारा बनाउदै गाउँ गाउँ चारी खेदेउ।७।

जन्मभुमी अनी आमा बराबरी मेरो लागि।
ममताको काख खोसी वाल्यकाल मै मारी खेदेउ।८।