पुष १० देखि दमकमा वुद्धिचाल

4 years ago Editor 0

नेपाल, दमक
७ डिसेम्बर /

 

chess

 

झापाको दमकमा आगामी पुष १० गतेदेखि सुधन प्रसाई स्मृति तेस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शनिबार दमकमा प्रतियोगिता गर्ने बारेमा आयोजक ध्रुवतारा स्पोर्टिङ्ग क्लवले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
कूल दुई लाख १२ हजार पुरस्कार राशी रहेको पाँच दिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र अमेरीकाका गरी डेढ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले नगद १५ हजार रुपैयाँ सहितको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा २५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीसँगै अन्य विभिन्न विधा गरी ३६ जना खेलाडीलाई नगद पुरस्कार प्रदान गरीने क्लवका सचिव चन्द्र खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिता स्विस लिग प्रणाली अन्र्तगत नौ राउण्ड सम्म खेलाइने समेत आयोजकले जनाएको छ ।