सित्तैमा सीएफएल

4 years ago Editor 0

नेपाल, झापा
७ डिसेम्बर /

 

cfl cheam

 

विद्युत वचत गर्ने योजना अनुरुप दक्षिण झापाको भारतीय सीमावर्ती गाविस केचनाका पाँच हजार भन्दा धेरै उपभोक्तालाई निःशुल्क सीएफएल चिम (बल्ब) वितरण गरिएको छ ।

सीएफएल चिमले साधारण चिम (बल्ब) ले भन्दा कम विद्युत खपत गर्ने तर कयौं गुणा बढी प्रकाश दिने भएकाले सीफएल वितरणसँगै केचना गाविस क्षेत्रमा मासिक ४० हजार युनिट विद्युत बचत हुने अनुमान गरिएकोछ ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा केचना एरिया ५ र ६ का पाँच हजार ४२ जना ग्राहकहरुलाई सीएफएल चिम वितरण वितरण गरिएको हो । साधारण चिम (फिलामेन्ट बल्ब) को प्रयोग गर्दै आएका ग्राहकलाई प्रयोग गरिरहेको चिम फिर्ता गरेपछि सिएफएल दिइएको हो ।

नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका प्रतिनिधि तोया दाहालका अनुसार सो क्षेत्रमा सीएफएल चिमको प्रयोगका कारणले मात्रै मासिक ४० हजार युनिट बचत हुने भएको छ । ५० र एक सय केवी ट्रान्सफरमर भएका ग्राहकलाई दुई–दुई ओटा र दुई सय केवीका ग्राहकलाई एउटा सीएफएल चिम वितरण गरीएको थियो । सीएफएल ठेक्का प्रणालीबाट वितरण भइरहेको छ ।

एसियाली विकास बैंकको ९२ करोड रुपैयाँको अनुदान सहायोगमा नेपालका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा ९० हजार ओटा सीएफएल चिम वितरण गर्ने कार्यक्रम रहेको प्राधिकरण स्रोतले जनाएको छ ।