‘जूनको अनुहार’ बारे अन्तरक्रिया

4 years ago Editor 0

नेपाल, दमक
१ डिसेम्बर /

 

P1090097

 

गजलकार सुन्दर कुरुपको गजल कृति ‘जूनको अनुहार’ बारे शनिबार झापाको दमकमा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

बोन्साई साहित्य प्रतिष्ठानको आयोजना तथा रुबाई मञ्च नेपाल, पूर्वाञ्चल गजल मञ्च, भूटान गजल मञ्च र गन्तव्य थिएटरको सह–आयोजना रहेको सो कार्यक्रममा कृति र कृतिकारका बारेमा विभिन्न विचारहरु व्यक्त गरिएको थियो ।

कार्यक्रममा सृजनशील अराजकता अभियानका अभियन्ता उपेन्द्र सुब्बा, समालोचक मुनाराज शेर्मा, साहित्यकारहरु शिव रेग्मी, प्रकाश आङ्देम्बे, याम थुलुङ, अभागी थेगुवा, विवश बलिभद्र कोइराला, भूपेन्द्र तिम्सिना लगायतले कृतिमा समेटिएका गजल र कृकिार सुन्दर कुरुपका बारेमा आ–आफ्ना धारणा राख्नु भएको थियो । धराणा राख्ने क्रममा वक्ताहरुले गजकारले मदिरा, नैरास्यता र वियागान्त भावलाई बढी न्याय दिएको बताएका थिए ।

अन्तरक्रियाका क्रममा सहभागीले राखेका जिज्ञासाहरुको उत्तर दिँदै गजलकार सुन्दर कुरुपले वियोगान्त र नैरास्य भावले आम मानिसमा त्यसको ठीक विपरित संयोगान्त र रसयुक्त जीवनको खोजी गर्न मद्दत पुग्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष धनकुटे कान्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुबाई मञ्च नेपालका सचिव अशोक बस्नेतको सञ्चालन रहेको थियो ।