साम्पाङ पुनर्वास जाँदै

5 years ago Editor 0

नेपाल, बेलडाँगी

२९ नोभेम्बर /

 

???????????????????????????????

 

स्वीकारोक्ति साहित्यिक अभियानका मुख्य अभियन्ता तथा विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष डेन्जोम साम्पाङ तेस्रो मुलुक पुनर्वासका अन्तिम चरणमा हुनुहुन्छ ।

हाल आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) को काठमाडौंस्थित आवासमा रहनुभएका साम्पाङलाई बिहीबार बिहान भूटानी शरणार्थी शिविर बेलडाँगीका अगुवाहरुले विदाई गरेका थिए । आवश्यक केही काम बाँकी रहेको भन्दै सो सम्पन्न भएलगत्तै चार दिनभित्र आफ्नो उडान हुने साम्पाङले भूटान दर्पणलाई बताउनु भयो ।

शरणार्थी शिविर खुदुनाबारीका बासिन्दा साम्पाङ पछिल्लो समय शिविर मर्ज भएपछि बेलडाँगी–२ मा स्थानतरण हुनुभएको थियो । उहाँ अमेरिकाको टेक्सास राज्यस्थित फोथ वोर्थ शहरमा पुनर्वास हुन लाग्नु भएको हो ।

स्वकिारोक्ति (अस्तित्वहरुको न्यायिक सम्बोधन) शीर्षकमा साम्पाङले नयाँ साहित्यिक दृष्टिकोणलाई अभियानका रुपमा अघि सार्दै केही महिना अघि पुस्तक प्रकाशन गर्नुभएको थियो । ‘स्वीकारोक्ति’ नामक सो पुस्तकको दोस्रो संस्करण समेत ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।