पुस्तकालयलाई यूएनएचसिआरको सहयोग

4 years ago Editor 0

नेपाल, दमक
२९ नोभेम्बर /

 

damak-public-library

 

झापाको दमक–१३ स्थित दमक पब्लिक पुस्तकालयलाई शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को दमकस्थित कार्यालयले तनि लाख रुपैयाँ सहयोग गरेको छ ।

पुस्तकालयलाई पुस्तक खरिद र कार्यालय व्यवस्थापनका लागि भन्दै युएनएचसिआर दमकका प्रमुख सजल गुप्ताले बिहीबार साँझ पुस्तकालयका अध्यक्ष भेषराज न्यौपानेलाई सो सहयोग बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरणका क्रममा युएनएचसिआर र अन्तर्राष्ट्रिय आप्रावासन संगठन (आइओएम) का कर्मचारीहरुबाट संकलित एकमुष्ठ रकम पुस्तकालयलाई उपलब्ध गराइएको आयोग प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

सो पुस्तकालय केही अघिदेखि निजी र स्थानीय दाताहरुको सहयोगमा संचालनमा आएको हो ।