अग्निपथ मर्मत अन्तिम अवस्थामा

5 years ago Editor 0

 

नेपाल, बेलडाँगी

२६ नोभेम्बर/

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीको उत्तरी क्षेत्रबाट गाउँ निकास हुने अग्निपथ मर्मतको कार्य अन्तिम चरणमा पुगेको छ ।

लुथरन विश्व महासंघको आर्थिक सहयोगमा हंसे दुम्से सामुदायिक वनमार्फत संचालन गरिएको बाटो ग्राभेल कार्य अन्तिम चरणमा पुगेको हंसे दुम्से सामुदायिक वनले जानकारी दिएको छ ।

बाटोमा हाल ग्राभेल मिलाउने, थप्ने र कल्भर्ट राख्ने कार्य भइरहेको वनमार्फत संचालित निर्माण समितिका संयोजक वनका सदस्य पवन अधिकारीले जानकारी दिनुभयो । बाटोमा ग्राभेल तथा कल्भर्ट निर्माणका लागि ६ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।