सेनाको व्यारेकमा सही छाप लगाएको मतपत्र

4 years ago Editor 0

नेपाल, भद्रपुर
२६ नोभेम्बर /

 

Still1027_00004

 

संविधानसभा निर्वाचन देशभरमा धाधली भएको भन्दै दलहरुले सर्वत्र विरोध जनाइरहेको अवस्थामा झापाको बिर्तामोडमा पनि नेपाली सेनाका व्यारेकबाट सही छाप लगाएको मतपत्र फेला परेको छ ।

संविधानसभामा सहभागी भएका तर धाँधली भएको भन्दै मतगणनाबाट अलग भएका एमाओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, सद्भावना नेपाल, संघीय लिम्बुवान राज्य परिषद्, लिम्बुवान मक्ति मोर्चा नेपालले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सेनाका व्यारेकमा फेला परेको मतपत्र सार्वजनिक गरेका हुन् । झापाको ५ नम्बर क्षेत्र अन्तर्गत सेनाको झिलझिले व्यारेक र चकचकी गाविसको कृषि भवनमा रहेको अस्थायी व्यारेकबाट मतपत्र फेला परेको दलहरुले दावी गरेका छन् ।

Still1027_00007

मतदान अधिकृतको हस्ताक्षर भएको तर स्वास्तिक छाप नलागेका समानुपातिक र प्रत्यक्षको चार चार ओटा मतपत्र दलहरुले सार्वजनिक गरेका छन् । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भए पनि एकैखालको भने छैन । हस्ताक्षर उस्तै जस्तो बनाउन खोजे पनि एकै खालको भने देखिँदैन ।

मतपत्र सार्वजनिक गर्दै एमाओवादीका कार्यालय सदस्य राजु आचार्यले सेनाको व्यारेकमा मतपत्र भेटिनुले धाँधली भएको पुष्टि हुने बताए । उनले राज्य संयन्त्र प्रयोग गरी विभिन्न प्रकारले धाँधली गरेको आरोप लगाउनुभयो । मतपेटिका सङ्कलनका क्रममा झापा क्षेत्र नम्बर २ को विर्तामोडमा रहेको इलाका प्रहरी कार्यालयमा ट्रकबाट ओराली २ घण्टासम्म राखेर पुनः चन्द्रगढी लगिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो –‘सेना र प्रहरी कार्यालयमा दलका प्रतिनिधि बिना घण्टौंसम्म मतपेटिका राखिनुमा ठूलो षड्यन्त्र छ ।’ झापामा पनि मतपेटिका लाने क्रममा ट्रकमा चढेका दलका प्रतिनिधिलाई सेनाले जबरजस्ती ओरालेको आरोप अन्य दलहरुले समेत लगाएका छन् ।

chunab-dhadhali

यसैबीच निर्वाचनको मतगणनामा दाङमा समेत फर्जी मतपत्र फेला परेको छ ।

संविधानसभा निर्वाचन शान्तिपूर्ण रुपमा भए पनि गणनामा धाँधली र षड्यन्त्र भएको प्रसङ्ग बाहिर आइरहँदा अर्काे धाँधलीको प्रमाण दाङमा भेटिएको छ । प्रत्यक्षतर्फको गणनामा अढाइ सय मतपत्र फर्जी भेटिएको तथ्य बाहिर आएको दाङमा समानुपातिक तर्फको मतगणनामा पनि सात सय मतपत्र हस्ताक्षर नभएको अवस्थामा फेला परेको छ ।

देशभर मत गणनामा धाँधली भएको तथ्यहरु आइरहेका बेला दाङमा पनि धाँदलीको अर्काे पर्दा खुलेको हो । मतदान दिनदेखि संचार माध्यमलाई अवरोध गरिँदै आएको थियो र अहिले गणनामा भेटिएका यी गम्भीर त्रुटिले धाँधली पूर्वनियोजित तबरबाट गरिएको रहेछ भन्ने सर्वत्र पुष्टि भइरहेको छ ।

मतदानका क्रममा ग्रामीण भेगका मतदान केन्द्रहरुमा सर्वसाधारण जनतालाई नेपाली सेनाले समेत विभिन्न किसिमले प्रभावित परेको आरोप लाग्दै आएको छ । मतदानका क्रममा सार्वजनिक भएका केही तस्वीरहरुमा सेनाले मतदाताहरुलाई निर्देशन दिँदैगरेको देखिन्छ ।

chunab-dhadhali2