कोइला वितरणले शरणार्थीलाई राहत

5 years ago Editor 0

नेपाल, बेलडाँगी
२५ नोभेम्बर /

 

coal-for-refugees

 

बिगत चार महिना यता वितरणमा रोक लगाइएको खाना पकाउने कोइला पूनः वितरण थालिएपछि भूटानी शरणार्थी शिविरका वासिन्दाले राहत महशुस गरेका छन् ।

बिगतमा शरणार्थीहरुलाई रासन सहित खाना पकाउने इन्धनका रुपमा उपलब्ध हुँदै आएको कोइला वितरणमा दातृ निकाय विश्व लुथरन महासंघले एक्कासी रोक लगाएको थियो । रासन कटौतीका नाउँमा कटौती गरिएको कोइला एक सातायता वितरण थालिएको भूटानी शरणार्थी शिविर बेलडाँगीका शिविर व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।

कोइला वितरण पूनः शुरु भएपछि खाना पकाउनका निम्ति नजिकैको हंसे दुम्से सामुदायिक बन, अन्य चुरे वनहरुमा दाउरा खोज्नका निम्ति जानुपर्ने वाध्यता हटेको सचिव सुब्बाको भनाई छ ।

चार महिनादेखि कोइला वितरण बन्द हुँदा शरणार्थीहरुले पूराना छाप्राको डाँडाभाँटा समेत पोल्दै अएका थिए भने नजिकैको वन क्षेत्रमा दाउराका निम्ति पुग्नु पर्ने वाध्यता सृजना भएको थियो ।

शरणार्थी समुदायले नजिकैको वन हातामा अनाधिकृत रुपमा प्रवेश गरेको भन्दै हंसेदुम्से सामुदायिक वनका पदाधिकारहरुले शरणार्थी दातृ निकायहरुसँग गुनासो पोखेका थिए । उनीहरुले शरणार्थीलाई तुरुन्त इन्धनको प्रवन्ध गर्न समेत सुझाव दिएका थिए ।