गाविस भवन उद्घाटन

5 years ago Editor 0

नेपाल, झिलझिले
२५ नोभेम्बर /

 

P1100143

 

झापाको सतासीधाम दूधेस्थित नवनिर्मित सतासीधाम गाविस कार्यालय भवनको आईतबार एक समारोहकाबीच झापाका स्थानीय विकास अधिकारी लालमणि ओझाले उद्घाटन गर्नुभएको छ ।

उद्घाटनको क्रममा ओझाले सेवाग्राहिरुलाई छिट्टो र छरितो ढङ्गमा सेवा प्रदान गर्र्न गाविस कार्यालयले सजक भएर जिम्मेवारीका साथ जुट्न समेत निर्देशन दिनुभएको थियो । उहाँले जिल्लाका सवै गाविस कार्यालयलाई कम्युटर प्रविधिद्वारा सम्पूर्ण अभिलेख राख्न सक्षम बनाइएको समेत जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्लेले शान्ति सुरक्षालाई संवेदशीलताका साथ लिएर मात्र विकासले गति लिने बताउनु भयो । शान्ति सुरक्षाको दृष्टिकोणले सतासीधाम संवेदनशील रहेको बताउँदै सहायक प्रजिअ वाग्लेले पछिल्लो समय माईधारमा पनि अस्थाई प्रहरी पोष्ट राखिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा गाविसका पुर्व अध्यक्ष तथा पुर्व सांसद् तारासम योङ्याले स्थानीय सबै दलले मिलेर विकास निर्माणमा जुट्नु पर्नेमा जोड दिनुभएको थियो ।

गाविस सचिव छत्रबाबु ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा २१ बर्षदेखि निरन्तर कार्यगर्ने कर्मचारी हस्तबहादुर जोगीलाई ढाका टोपी पहि¥याएर सम्मानपत्रद्वारा बिदाई गरिएको थियो ।
कार्यत्रममा नागरिक समाजका अगुवा ओमदेब शाही, सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख गोपाल लक्सम, दुधे उच्च माध्यामिक विद्यालयका प्रार्चाय उमानाथ दाहाल, भूपू सैनिक संघ सतासीधामका अध्यक्ष नरबहादुर बान्तावा राई, सामाजिक अगुवा सुवेदार धनवहादुर राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

३० लाख ५५ हजार चार सय ३० रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको भवनमा एक सभाहल सहित ७ ओटा कार्यालय कोठा रहेका छन् ।