सवारी दुर्घटनाम चारको मृत्यु, आठ घाइते

4 years ago Editor 0

नेपाल, विर्तामोड
२४ नोभेम्बर /

 

 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

आइतबार अपरान्ह ना ४ ख ७५६१ नम्बरको बस र भे १ ज ११ ३७ नम्बरको भ्यान झापाको बट्टीबारीमा एकआपसमा ठोक्किँदा चार जानको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि झापा दुर्गापुरका सञ्जिव उप्रेती, जलथल–८ का सागर कार्की, सोही ठाउँकी मिना कार्की र अनारमनीकी जमुना ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते अन्यको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भेनले बसलाई ओभरटेक गर्दा सो दुर्घटना भएको बताइएको छ