शिविर दिनभर चकमन्न

5 years ago Editor 0

कमन देवान
नेपाल, बेलडाँगी
१९ नोभेम्बर /

 

P1080934

 

झापाको दमकका विभिन्न निर्वाचन केन्द्रहरुमा उत्साहपूर्वक मतदान चलिरहेका बेला उत्तरी दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा भने चकमन्नता छाएको थियो ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै विभिन्न राजनीतिक दलहरुले प्रलोभनमा पारेर भूटानी शरणार्थी मानिसहरुलाई मतदानका क्रममा दुरुपयोग गर्न सक्ने भन्दै स्थानीय सुरक्षा प्रशासन र शिविर व्यवस्थापन समिति समेतको सहयोगमा सोमबार मध्यरातदेखि मंगलबार साँझ ५ बजेसम्मका लागि शिविरबाट बाहिर निस्कन निषेध गरिएको थियो ।

सँधै भिडभाड हुने बेलडाँगीका मिनी बजारहरु मंगलबारका दिन भने सुनसान र बन्द रहे । शिविरभित्र मानिसहरुको सामान्य चहलपहल देखिए पनि मुख्य बाटोघाटो र सार्वजनिक स्थलहरु भने सुनसान रहे ।

शिविर सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल र शिविरभित्र आन्तरिक सुरक्षा व्यवस्थापन गर्ने सुरक्षा निकायको समन्यमा मंगलबार दिनभरका लागि शिविर बाहिर आवत जावतमा पूर्ण रुपले प्रतिवन्ध गरिएको शिविर सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।