विश्वास लामाका गजल

5 years ago Editor 1

dawa bhai

विश्वास लामा
स्ट. जोह्न्’स नेव्फोउन्ड्ल्यान्ड अन्द लब्रडोर, क्यानाडा

गजल 

यहाँ कसैलाई ठूलो हुने हतार भएको छ
र उसैको चर्चा अनि प्रचार भएको छ

बम पड्किएर कयौँ मरेको खबरले
युवाहरु गाँउ छोड्नलाई तयार भएको छ

कति युवतीहरु बलत्कृत भएका छन्
कति युवाहरु भने बेरोजगार भएको छ

उता देशको हालत बिग्रीएको देखेर
यता “विश्वास” भने गजलकार भएको छ