देशभर ७० प्रतिशत बढी मतदान भएको अनुमान

4 years ago Editor 0

कमन देवान
नेपाल
१९ नोभेम्बर /

दोस्रो संविधनसभा निर्वाचनमा देशभरका विभिन्न निर्वाचन क्षेत्रहरुबाट ७० प्रतिशत बढी मतदान भएको निर्वाचन आयोगले प्ररम्भिक जानकारी दिएको छ । यद्यपि यो तथ्याङ्क अन्तिम भने होइन ।

पहिलो पटक २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनले चार वर्षको अवधिमा समेत संविधान निर्माण गर्न नसकेपछि वाध्य भएर दोस्रो संविधानभा निर्वाचनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

रेग्मी सरकारले तोकेको २०७० मंसिर ४ को निर्वाचन नहुने आँकलन गर्नेदेखि निर्वाचन बहिस्कारको आन्दोलनका नाउँमा भात पकाउने कुकरमा बारुद भर्नेदेखि ग्याँस सिलिण्डर पड्काउनेसम्म र सकेट बमदेखि सुतली बमसम्मको हत्कण्डाहरु भए ।

तथापि, आजको जनसहभागिताले नेपाल र नेपाली जनतालाई अर्को सामरिक उचाई प्राप्त भएको छ । नेपाली जनता जतिसुकै व्यावधानका बावजुद नेपाल राष्ट्रको सार्वभौमसत्ताको रक्षाका निम्ति र लोकतन्त्रको रक्षका निम्ति जोखिम मोलेर भए पनि राष्ट्रलाई निकास दिने बाटोमा अग्रसर रहन्छन् ।
तानशाहहरुको रक्तपन्जाबाट राष्ट्रलाई स्वतन्त्र बनाउन आफ्नै ज्यानको बाजी लगाउने नेपाली नागरिकहरुको महानतालाई मंगलबार नेपालभरका विभिन्न दुई सय ४० ओटा निर्वाचन क्षेत्रहरुमा भएको उत्साहपूर्ण मतदानले पनि पुष्टि गरेकै छ । मतदानमा जनताको उल्लेखनीय सहभागिताले असफल बन्न लागेको राष्ट्रको गरीमालाई मात्रै बचाएको छैन, अकल्पनीय दुर्घटनातर्फ धकेलिँदै गरेको तथा अस्थिर राजनीतिक माहोलका कारण बेथितिले गाँज्दै लगेको नेपाली राजनीतिलाई शुद्धिकरणको प्रयास पनि यो निर्वाचन परिणामले उजागर गर्ने आशा गर्न सकिन्छ ।

देशभरका विभिन्न जिल्लाहरुबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार पनि न्यूनतम ५५ देखि अधिक्तम ८० प्रतिशससम्म मतदान भएको खबर छ ।
मंगलबार साँझ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पत्रकार सम्मेलन आयोजना गरी दिनुभएको जानकारी यस पटकको संविधानसभा निर्वाचनमा इतिहासकै सबैभन्दा बढी मत खसेको छ । देशभरिबाट १८ हजार चार सय ५६ मतदान केन्द्रमध्ये जुम्लाको देपालगाउँमा एउटा मतदान केन्द्रमात्र मतदान स्थगित भएको छ ।

उप्रेतीले दिनुभएको जनकारी अनुसार रौतहट, डोल्पा लगायत केही जिल्लामा ८० प्रतिशतभन्दा बढी मत खसेको बताइन्छ भने रोल्पाको थवाङमा भने एकै मत खसेन ।

झापाको मतदानस्थिति

झापा जिल्लामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । जिल्लाका सात ओटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जिल्लाभर करिब ७५ प्रतिशत मत खसेको अनुमान गरिएको बताउनु भयो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । निर्वाचन आयोगका अनुसार जिल्लाभर फोटो सहितको मतदाता परिचयपत्र बाहक चार लाख ५४ हजार चार सय ९१ मतदाता रहेका थिए ।

यसैबीच झापाका ६ सय ४८ वटा स्थायी र ७ ओटा अस्थायी मतदान केन्द्रका मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम चन्द्रगढी लगिएको छ ।
७० ओटा बस र ट्रकमा रोखेर ती मतपेटिकाहरुलाई सुरक्षित तवरले सदरमुकाम पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार राति करिब ११ः४५ बजेसम्ममा सबै क्षेत्रका मतपेटिका सदरमुकाममा पुर्याइएको हो । तर मतगणना शुरु भए नभएको बारे भने हालसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् –