राकेस काफ्लेका रुबाईहरु

5 years ago Editor 0

995513_743475192344933_226282828_n

राकेस काफ्ले
बोस्टोन्,म्यासाच्युसेस्

रुबाई

१.

मैले देश छाड्दा घरको छानो बल्दै थियो
पिडाले छटपटाई मुटु मेरो जल्दै थियो
कुईरोमा हराएको काग झै म ऊडीरहदा,
छिमेकी कान्छो सिमानामा ढल्दै थियो।
२.
तिमी सुडानी म भूटानी हाम्रो मर्म उस्तै-उस्तै
निरड्गकुशी कलमले लेखिएको हाम्रो कर्म उस्तै-उस्तै
आऊँ हात मिलाऊँ मानव कल्याणका निम्ति
सबै ग्रन्थले भन्दै आएको धर्म उस्तै-उस्तै।
३.
जातिमाथि निरड्गकुशले बिष छर्दै थियो
मासुरको आत्माले सुनकोश तर्दै थियो
अल्प जाति संनसारमा कहाँ नै हाँस्य छ र?
उत्पिडितको आखाँबाट आँशु झर्दै थि