शिविरमा हात्ती उपद्रो

5 years ago Editor 0

नेपाल, बेलडाँगी
१८ नोभेम्बर /

दुई सातादेखि दमक ५ र आसपासको वन क्षेत्रमा डुल्दिै गरेको जङ्गली हात्ती । स्थानयिलाई हत्ती आतङ्कले सताएको छ । तस्वीर ः डिकेश लामा
दुई सातादेखि दमक ५ र आसपासको वन क्षेत्रमा डुल्दिै गरेको जङ्गली हात्ती । स्थानयिलाई हत्ती आतङ्कले सताएको छ । तस्वीर ः डिकेश लामा

झापा दमकको उत्तरी भेगमा अवस्थित हंसेदुम्से सामुदायिक वन हातामा पुनः जङ्गली हात्तीको उपद्रो बढेको छ ।
वनसँगै जोडिएको बस्ती तथा भूटानी शरणार्थी शिविरमा हात्तीले विभिन्न समयमा उपद्रो मच्चाउँदै आएको छ ।
यसैबीच आइतबार राति अन्दाजी १० बजेको समयमा हात्तीले भूटानी शरणार्थी शिविर बेलडाँगी ३ को सेक्टर डी÷१ छाप्रो नम्बर ९७ र दुई ओटा पसल तोडफोड गरी क्षति पु¥याएको पीडित नन्दलाल घलेले बताउनु भयो ।
सशस्त्र प्रहरी सुरक्षा बेशबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा गएको टोलीले शरणार्थीहरुको सहयोगमा हात्ती धपाएको वेशले जानकारी दिएको छ । हात्ती हिजो पनि बेलडाँगी ३ सेक्टर सी को २ ओटा घर भत्काएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।  गाउँ क्षेत्रमा पाकेको धानबाली किसानहरुले भण्डारण गर्न थालेपछि उपयुक्त आहारको खोजीमा हात्तीले शरणार्थी शिविरमा तोडफोड गर्न थालेको स्थानीयको अनुमान छ । शिविरमा केही दिनयता हात्तीले उपद्रो मच्चाउन थालेको शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।