दमक ५ मा आगलागी ९ घर जलेर नष्ट

4 years ago Editor 0

नेपाल, दमक
१८ नोभेम्बर /

aaglagi ma parera kharani bhaeko gawn rahat baddai damak Udhog badijya sagh and redcross and lwf

झापाको दमक–५ को नयाँबस्तीमा सोमबार पूर्वान्ह भएको आगलागीमा ९ जलेर नष्ट भएका छन् ।
आगलागीमा गुमानध्वोज लिम्बू, जसमाया मगर, बुद्धिमाया भूजेल, बविता लिम्बू, दिपेन्द्र तिम्सिना, खड्कबहादुर तिम्सिना, मनिता खड्का र मिनकुमार दासको घर जलर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।
राती साढे १ बजे विद्युत ालइन सर्ट भई आगलागी शुरु भएको पीडितहरुले जानकारी दिएका छन् । आगलागीका कारण वा. ३ प. २७६५ नम्बरको मोटर साईकलमा समेत क्षति पुगेको बताइएको छ भने अधिकांश परिवारको आवश्यक कागजात समेत जलेर नष्ट भएको बताइएको छ । आगलागीका कारण ४५ जना मानिस विचल्नीमा परेका हुन् । आगलागीबाट करिब १५ लाख मूल्य बराबरको धनमाल जलेरनष्ट भएको अनुमान गरिएको छ ।
यसैबीच सोमबार दिउँसो अगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र विश्व लुथरन महासंघले अग्निपीडित परिवारलाई त्रिपाल, भाँडासेट, कपडा सेट कम्बल लगायत वितरण गरेको छ । त्यस्तै दमक उद्योग बाणिज्य संघ दमकले दैविक प्रकोप राहत कोषबाट प्रति परिवार १० केजी चामल, दाल, आलु चाउचाउ, साबुन, पेष्ट व्रस लगायतको सामग्री उपलव्ध गराएको संघका अध्यक्ष प्रकाश प्रसाईंले बताउनु भयो ।
यसैगरी दमक सत्य साई केन्द्रले प्रतिपरिवार कम्बल र मधुमल्ला साई समूहले तेल र नुन उपलव्ध गराएको छ । यता मावा खोला जग्गा कटान तथा रोकथाम समितिको तर्फबाट अध्यक्ष गंगा बरालले प्रतिपरिवार एक हजारका दरले नगद सहयोग गर्नुभएको थियो । मधुमल्ला बजारको आदित्य हार्डवयरले पनि प्रतिपरिवार १÷१ थान त्रिपाल उपलव्ध गराएको छ ।