निर्वाचनमा पन्ध्र सय शिक्षक

5 years ago Editor 0

नेपाल, झापा
१३ नोभेम्बर /

sambidhan

मंसीर ४ गते हुने संविधान सभा निर्वाचनका लागि झापाका एक हजार पाँच सय जना शिक्षक परिचालन गर्ने तयारी भएको छ ।
निर्वाचन आयोगले मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा पाँच सय जना शिक्षकहरुलाई खटाउन प्रशिक्षण समेत दिएको छ । शिक्षकहरु निर्वाचन सम्बन्धीको तालिममा गएपछि कतिपय सामुदायिक विद्यालयको पढाई नै हुन सकेको छैन । दुई दिनसम्म चन्द्रगढीमा सञ्चालन भएको तालिममा माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरु सहभागी भएका जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टले जानकारी दिनुभएको छ ।
तालिममा ५ सय शिक्षक सहभागी भएका तर कनुै पनि विद्यालयको पठनपाठन नरोकिएको वा विद्यालय नै बन्द गर्नुपरेको अवस्था नआएको समेत विष्टले स्पष्ट पार्नुभयो । तर कतिपय विद्यालयहरुले भने शिक्षकहरु तालिममा जानु परेको भन्दै सोमबार र मंगलबार बिदा नै दिएका बताइएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार झापा जिल्लामा चार हजार जना भन्दा बढी शिक्षक छन् । पाँच सय जना तालिममा गएकै कारण विदा गर्नुपर्ने स्थिति नआउने कार्यालयको भनाई रहेको छ ।
निर्वाचन आयोगले भने थप एक हजार शिक्षकहरुलाई सहायक कर्मचारीका रुपमा खटाउने तयारी गरेको छ । कार्यालय स्रोतका अनुसार अरु एक हजार शिक्षकहरुलाई हाई अलर्टमा राख्न भनिएको छ । ती शिक्षकहरुलाई भने मतदानस्थलमा नै तत्कालै निर्वाचन विशेष तालिम प्रदान गरिने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
कूल ७ निर्वाचन क्षेत्र रहेको झापामा ६ सय ५४ ओटा मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रहरुमा जिल्लाका कूल चार लाख ५४ हजार मतदाताले मत हाल्ने बताइएको छ ।