वैध माओवादी निकट तीन नेता पक्राउ

5 years ago Editor 0

नेपाल, झापा
१३ नोभेम्बर /

नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक संगठनका झापा जिल्ला सचिव दिवाकरलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो ३ बजे बिर्तामोडमा हिँडिरहेको आवस्थामा शिक्षक चौधरीलाई प्रहरीले गिरफ्तार गरेको संगठनका झापा जिल्ला अध्यक्ष गंगाराम बास्कोटाले जानकारी दिनुभएको छ ।
उहाँले बुधबार नै विज्ञप्ति निकालेर चौधरीलाई के कति कारणबाट गिरफ्तार गर्नु परेको हो, सोको कारण समेत नखुलाइएकोप्रति आपत्ति पनि प्रकट गर्नुभएकोछ । विज्ञप्तिमा चौधरीलाई तत्काल रिहा नगरिए संगठन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चौधरी पक्राउ परेको पुष्टि गर्नुभएको छ । तर, चौधरीलाई पक्राउ गर्नुको कारण बारे भने प्रहरीले खुलाउन चाहेको छैन ।
त्यस्तै बुधबार नै प्रहरीले मोरङको डंग्राहाबाट नेकपा–माओवादीका मोरङ जिल्ला सदस्य रमेश लिम्बूलाई उहाँकै निवासबाट राति ८ बजे नियन्त्रणमा लिएको बताइएको छ । तर प्रहरीले भने घटनाको पुष्टि गर्न मानेको छैन ।
सो पार्टीका कोचिला राज्य समिति सदस्य जीवन राईलाई समेत बुधबार साँझ नै प्रहरीको एक टोलीले घर घेरा हानी नियन्त्रणमा लिएको नेकपा–माओवादी स्रोतले जनाएको छ ।