किरातीलाई जिताउन र्याली

5 years ago Editor 0

Gopal_Kirati

नेपाल, झापा
१३ नोभेम्बर /

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार गोपाल किरातीको विजय सुनिश्चित गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुधबार झापाको दमकमा र्याली तथा कोणसभा सम्पन्न गरेको छ ।


विहान ११ वजे एमाओवादीको दमक स्थित निर्वाचन परिचालन समितिको कार्यालयबाट सुरु भएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।
प्रत्यक्ष उम्मेद्वार गोपाल किराती, समानुपातिक तर्फका उम्मेद्वार तथा धिमाल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष गणेश धिमाल र वेपत्ता परिवार समाजकी केन्द्रीय सदस्य चन्द्रकुमारी बस्नेत समेतको सहभागिता रहेको थियो ।
र्यालीले दमकका विभिन्न क्षेत्रको परिक्रमा गरेर पुनः निर्वाचन परिचालन समितिको कार्यालयमा अघि आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा समानुपातिक तर्फका उम्मेद्वार चन्द्रकुमारी बस्नेत, बन्दना झाँगड, एमाओवादी कोचिला राज्य सदस्य सुमित्रा वाङ्देल राई लगायतले बोल्नुभएको थियो ।