आत्मानन्द गोल्डकप मंसिर ७ गते शुरु हुने

5 years ago Editor 0

Gold-Cup-Trophy-psd55690नेपाल, दमक
१३ नोभेम्बर /

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको जन्मोत्सवमा आयोजना गरिने आत्मानन्द गोल्डकपको यसवर्षको संस्करण मंसिर ७ गते शुरु हुने भएको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ हीरक जन्मोत्सव खेलकुद आजोजक समितिले बुधबार झापाको दमकमा एक पत्रकार सम्मेलन गरी धर्मगुरुको हीरक जन्मोत्सवको सुअवसरमा आत्मानन्द सेइङ गोल्डकपका साथ दर्जन खेलहरु आजोजन गरिने जानकारी दिएको छ । समितिका सचिव मनकुमार आङबुहाङले सम्मेलनमा भन्नुभयो–‘मंसिर ७ गतेबाट खेलकुद शुरु हुने छ । सो खेलमा सहभागी हुन खेलाडी तथा दर्शहरुलाई सहभागीताको लागि अनुरोध गर्दछौं ।’