मलेसियाबाट रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो

4 years ago Editor 0

क्वालालम्पुर
१३ नोभेम्बर
/

byapar-ghata_20131113104125

वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगेका नेपाली कमदारहरुले नेपाल भित्र्याउने रेमिट्यान्सको एक वर्षे आँकलन तयार गरिएको छ । यस तथ्याङ्कका आधारमा सन् २०१२ मा नेपाली कामदारहरुले वैधानिक तरिकाले १ अर्ब ९० करोड रिंगिट अर्थात करिब ५५ अर्ब रुपैयाँ नेपाली रुपैयाँ स्वदेशमा भित्र्याएका छन् ।
मलेसियामा हालै सार्वजनिक उक्त तथ्याङ्कका अनुसार मलेसियाबाट रेमिट्यान्स भित्र्याउने मुलुकहरूमा नेपाल तेस्रो स्थानमा पर्दछ ।
मलेसियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा बंगलादेश पहिलो राष्ट्र बनेको छ भने दोस्रो स्थानमा इन्डोनेसिया र तेस्रोमा नेपाल परेको त्यहाँको समाचार संस्था बर्नामाले उल्लेख गरेको छ । बंगलादेशले गत वर्ष ३ अर्ब रिंगिट र इन्डोनेसियाले २ अर्ब ९५ करोड रिंगिट रेमिट्यान्स भित्र्याएका छन् ।
मलेसियाबाट रेमिट्यान्स भित्र्याउने राष्ट्रमा भारत नेपाल भन्दा पछि परेको छ । छिमेकी मुलुक भारतले मलेसियाबाट गत वर्ष ६२ करोड ५१ लाख रुपैयाँ रेमिट्यान्स भित्र्याएको समाचार स्रोतले जनएको छ ।
त्यहाँको सरकारले वित्तीय संस्थाहरूको सुधारका निम्ति कानुनी उपायहरु अवलम्बन गरेपछि सन् २००९ देखि रेमिट्यान्सको मात्रामा वृद्धि भएको मलेसियाको अर्थमन्त्रालयले जनाएको छ । कानुनी रेमिट्न्यास सेवा मुलुकभर विस्तार भएकाले बाहिरिने रेमिट्यान्स बढेको बताइन्छ ।
उत्पादन, निर्माण, कृषि र सेवा क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका छन् । नेपालीका लागि सेवा र उत्पादन क्षेत्र सबैभन्दा बढी आकर्षक मानिन्छन् । सेवा क्षेत्रमा पनि सुरक्षागार्ड सबैभन्दा आकर्षक पेशा मानिन्छ ।
कानुनी रूपमा खुलेका रेमिट्यान्स सेवादायक कम्पनीले पछिल्ला वर्ष मलेसियाव्यापी शाखा विस्तार गरेकाले कानुनी रूपमा नेपाल भित्रिने रेमिट्यान्समा पनि वृद्धि हुँदै गएको हो ।
मलेसियाबाट सबै भन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने जेठो कम्पनी आइएमईका म्यानेजर शि सवेदीका अनुसार मलेसियामा रेमिट्यान्स कम्पनीहरूको व्यापक विस्तारसँगै कानुनी रूपमै पैसा पठाउनेहरू बढेपछि रेमिट्यान्स उच्च बनेको हो । सुवेदी भन्नुहुन्छ –‘पछिल्लो समय कानुनी बाटोबाट पैसा पठाउँदा सुरक्षित हुन्छ भन्ने जनचेतना वृद्धि र डलर वृद्धिले गर्दा पनि नेपाली लाभान्वित भइरहेका छन् ।’ हाल वैदेशिक रोजगारीका लागि मलेसियाको एक सुपरमार्केटमा कार्यरत झापाका जगत देवानले बताउनु भए अनुसार मलेसियाका विभिन्न भागमा आईएमईका मात्रै ६९ शाखाले रेमिट्यान्स कारोबार गर्दछन् । भने गैरकानुनी रुपले नेपालमा रकम पठाउने समूहहरुको संख्या समेत उच्च रहेको छ ।